May 2, 2026

अटोले ठेलारिक्सालाई ठक्कर दिँदा एक पहिचान नखुलेका रिक्सा चालक घाईते

0

पथरीशनिश्चरे,

उर्लाबारी नगरपालिका-४ , किसान चौकस्थित पूर्व-पश्चिम सडकखण्डमा एक अट्टोले ठेलारिक्सालाई ठक्कर दिँदा एक रिक्सा चालक घाईते भएका छन् ।

बुधबार वेलुकी सांझ ८:३० बजे पुर्वबाट पश्चिम गईरहेको को १ ह ३०५३ बिकास बस्नेतले चलाएको अट्टोले पश्चिमबाट पुर्व आईरहेको ठेलारिक्सा चालकलाई ठक्कर दिई गम्भीर घाईते तुल्याएको हो।

घाईते पहिचान समेत नसकेका रिक्सा चालकलाई उपचारका लागि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएकोमा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रहरीले उद्धार गरि बिराटनगर स्थित नोबेल अस्पतालमा भर्ना गरिएको जनाएको छ।

घाईतेको हालसम्म पनि नाम, ठेगाना नखुलेको र आफन्त समेत सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। प्रहरीले निज घाईतेको पहिचान सहित आवश्यक सहयोग पुर्‍याईदिन सबैमा अनुरोध गरेको छ।

सम्पर्कको लागि :

१. अस्थायी प्रहरी चौकी मगलबारे-9852044200
२.ईलाका प्रहरी कार्यालय उर्लाबारी-9852090136

Leave a Reply

Your email address will not be published. Required fields are marked *