May 1, 2026

पटका सहित एक जना पक्राउ

0

पथरीशनिश्चरे ।

पटका सहित एक जनालाई मोरङ्ग प्रहरीले पक्राउ गरेको छ।

मोरङको रंगेली नगरपालिका–९ दर्बेसास्थित भारतबाट अवैध रुपमा प्र १–०२–००२ ह ८७८९ नम्बरको अटोमा किङ कोब्रा नामक ६० बन्डल, (तीन हजारप्याकेट) करिब एक लाख ५०हजार बराबरको पटका सहित अटोरिक्सा प्रहरीले पक्राउ गरेको थियो।

अटोचालक मोरङ्गको सुनवर्षी नपा–८ बस्ने ३० वर्षे जितेन्द्र राजवंशीलाई लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पटका सहित बरामद गरेको थियो।

पक्राउ परेका राजवंशीलाई मोरङ्गको जिल्ला अदालतबाट विष्फोटक पदार्थ ऐन अन्तर्गत तीन दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको मोरङ्ग प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *