September 23, 2026

नकुल काजीद्वारा अनुदित ६ पाठ्यपुस्तक विमोचन

0

धुलाबारी।

श्रीकृष्ण प्रणामी धर्मका अभियन्ता मित्रलाल (मणिकदास) सापकोटाको स्मृतिमा प्रकाशित कृति र अग्रज पत्रकार नकुल काजीद्वारा अनुदित धार्मिक पाठ्यपुस्तकको धुलावारीमा बुधबार लोकार्पण गरिएको छ ।

प्रमुख अतिथि श्रीकृष्ण प्रणामी मन्दिर मंगलधाम भारतका गादिपति श्री १०८ मोहन प्रियाचार्य महाराजले पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तकको सम्पादन लीलाप्रसाद सापकोटा र हेमन्त दाहालले गरेका छन् ।

कार्यक्रममा नकुल काजीद्वारा अनुदित पाठ्यपुस्तक निजानन्द बालबोध नामक ६ वटा पुस्तकको विमोचन प्रमुख अतिथिबाट भएको थियो । नेपालमा राणाशासनबिरुद्ध नेपाली कांग्रेसमा लागेर जेलनेल समेत भोगेका मणिकदासले श्रीकृष्ण प्रणामी धर्मको प्रचार, विस्तार र मठमन्दिर निर्माण अभियानमा ठूलो योगदान पु¥याएका थिए । मेचीनगर वडा नं. १० निवासी उनका साइँला छोरा नै श्री १०८ मोहन प्रियाचार्य महाराज हुन् । मंगलधाम मन्दिर निर्माणमा समेत उनको योगादन थियो ।

श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद् झापाका अध्यक्ष मिलन बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा छत्रप्रसाद अधिकारी र गायक तथा साहित्यकार सीके श्रेष्ठले पुस्तकको समीक्षा गरेका थिए ।

अग्रज पत्रकार नकुल काजीले अनुबाद गरेको पुस्तक प्रणामी समुदायले कक्षा १ देखि कक्षा ६ सम्म पाठ्यक्रममा राखेर अध्ययन गर्ने जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *