पाकिस्तान: चीनलाई पाकिस्तानी जमिन दिने सम्झौताको विरोधमा गिलगिट-बाल्टिस्तानमा आन्दोलन
गिलगिट बाल्टिस्तान ।

अहिले बढ्दो बोझ बन्दै गएको चीन-पाकिस्तान आर्थिक करिडोर परियोजनामा चिनियाँ लगानीबाट आफ्नो बढ्दो ऋणको बोझ कम गर्न पाकिस्तानले निकट भविष्यमा माथिल्लो हुन्जा उपत्यका चीनलाई लिजमा दिने सूचना लिक भएको छ।
चिनियाँहरूलाई गिलगिट बाल्टिस्तानको खनिज उत्खनन गर्न अनुमति दिने यो कदमको स्थानीय समुदायहरूले विरोध गरेपछि हिंसात्मक अवस्था सिर्जना भएको छ। वास्तवमा, स्थानीय जनता र पाकिस्तानी सेना बीचको झडप पछिल्ला केही हप्ताहरूमा स्कार्दुमा स्थानीयहरूले अफिसरहरू र उनीहरूका सवारी साधनहरूमा ढुंगा हानेपछि निकै बढेको छ।
गत महिनाको अन्त्यमा, पाकिस्तानी सेनाले गिलगिट बाल्टिस्तानका पर्यटन मन्त्री र स्वास्थ्य मन्त्रीलाई कुटपिट गरेका थिए। स्थानीय समुदायको पक्षमा लड्न उभिएको उनीहरुमाथि सेनाले गेको दमनपछि आन्दोलन थप चर्किँदै गएको हो। पर्यटनमन्त्री राजा नसिर अली खान अपदस्थ भएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानका कट्टर समर्थक मानिन्छन्।
२७ अप्रिल २०२२ मा भएको यो घटनाले सेना विरुद्ध आन्दोलन सुरु गरेको थियो। घटनापछि आक्रोशित व्यक्तिले सेनाका अधिकारी र उनीहरुको गाडीमा ढुंगा हानेका थिए। पछिल्लो समय विभिन्न समयमा स्थानीय समुदायले सेनाको विरोध गर्दै आएका छन् ।
राजा नासिरले पछि ट्वीट गर्दै अर्का मन्त्री हाजी गुलबर साबलाई पनि सैनिकहरूले आक्रमण गरेको बताए। यस क्षेत्रले भूमि मुद्दालाई लिएर पाकिस्तानी सेनाको विरुद्धमा स्थानीय आन्दोलनमा चर्किँदै गएको छ। चीन पाकिस्तान इकोनोमिक करिडोर (सीपीईसी) को नाममा सेनाको ‘जमिन हडप्न’ खोजेको भन्दै स्थानीय जनता आक्रोशित छन् ।
