September 23, 2026

वडा कार्यालयलाई करोडको जग्गा दान

0

बिर्तामोड।

बिर्तामोड–५का नवनिर्वाचित रोहित प्रसाईले सामाजिक कामबाट पदभार ग्रहण गरेका छन् ।

वडा कार्यालय प्रवेश गर्नुअघि वडाध्यक्ष प्रसाईले शारीरिक अपाङ्गता भई हिँड्डुल गर्न समस्या झेलिरहेका दुईजनालाई ह्वील चियर प्रदान गर्दै गरी वडा कार्यालयमा प्रवेश गरेका हुन् ।

प्रसाईले आफ्नै वडामा शारीरिक अपाङ्गता भई हिँड्नै नसक्ने अवस्थाका रेवत कुँवर र वडा नं. ४का ६७ वर्षीय देवीबहादुर थापालाई ह्वील चियरमा बसाएर माला तथा नगदसहित प्रदान गरेका थिए ।

नवनिर्वाचित वडाध्यक्षसहित वडासमितिलाई निवर्तमान वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन तथा निवर्तमान वडासदस्यहरुसहितको टोलीले पदभार ग्रहण गराएको थियो । बुधवार नै विवेककेशरी प्रसाईले छोरी अपेक्षाको नाममा रहेको एक करोड मूल्य बराबरको एक कठ्ठा जग्गा वडा कार्यालय निर्माणका लागि प्रदान गर्ने घोषणा गरेका छन् ।

वडाको पहिलो बैठकले वडाभित्र रहेका अतिविपन्न परिवारको पहिचान गरी निःशुल्क स्वास्थ्य बिमाको कार्य अघि बढाउने लगायतका निर्णय गरेको छ । वडामा वडाध्यक्ष प्रसाईसहित ओमभक्त सेढाई, दुर्गाप्रसाद शिवाकोटी, शान्ता रोक्का र मालती विश्वकर्मा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *