April 30, 2026

मेयर पदका उम्मेद्धवार भण्डारीद्धारा रक्तदान गर्न आग्रह

0

धरान ।

धरान उमपहानगरपालिका मेयरका उम्मेद्धवार मन्जु भण्डारी सुवेदीले धरानमा रगत अभाव भएकाले रतmदान गर्न आग्रह गर्नु भएको छ ।

मंगलबार धरान १७ स्थित रेल्वे चौकमा नेपाल रेडक्रस सोसाइटी सुनसरीले आयोजना गरेको आकस्मिक खुल्ला रतmदान कार्यक्रममा उहाले रतmदान गर्न आग्रह गर्नु भएको हो । उहाँले भन्नु भयो,अहिले धरानमा रगत अभाब भएको कुरा आइरहेको छ , स्वास्थ्य जस्तो कुरामा हामी सवै गंभीर वन्नु आवस्यक छ,अस्पतालमा रगत अभावले छटपटाई रहेकाहरुको जीवन वचाउनु् हामी सवैको कर्तव्य भएकाले सवैलाई रतmदान गर्न आम नगरवासीमा अनुरोध गर्दछु ।

भण्डारीले चुनावी अभियानमा रहेर पनि एमाले पार्टीको तर्फबाट आफ्ना नेता कार्यकर्ता सवैले रतmदान कार्यक्रममा रतmदान गर्ने पनि प्रतिवद्धता व्यतm गर्नु भएको छ । प्रतिष्ठान धरानको व्लड वैंकमा रगत भएको व्लड वैकका कर्मचारी सुवास चन्द्रसिहले वताउनुभयो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव भएपछि नेपाल रेडक्रस सोइसाइटी सुनसरीले सोमबारदेखि धरानका विभिन्न चौक चौकमा रतmदान कार्यक्रम गरिरहेको छ । प्रतिष्ठानको व्लड वैंकमा दैनिक ५० पिण्ट भन्दा वढी रगत आवस्यक हुने वैंकका कर्मचारीले वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *