September 24, 2026

एनएमसीको प्रतिनिधि छनौट

0

उमानाथ भण्डारी,
कमल।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एनएमसीको केर्खा एकाईको साधारणसभा सोमबार सम्पन्न भएको छ ।

परिवर्तित कानून अनुसार सबै सदस्यलाई वार्षिक साधारणसभामा उपस्थित गराउन नसक्ने भएकोले एकाईगत रुपमा साधारणसभा गर्दै २९ औं वार्षिक साधारणसभाका लागि प्रतिनिधि छनौट गरेको बताइएको छ ।

कार्यक्रममा बोल्दै कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले पछिल्लो समय सहकारीले नाम अनुसारको काम नगरेको बताइन् । सहकारीका सञ्चालकले समेत ध्यान नदिएका कारण कतिपय सहकारी झोलामा रहेको उनको भनाइ थियो ।

एनएमसी भने डेरी, सहकारी पसल, चिया व्यवसाय, व्यवसाय विस्तार तथा थप व्यवसायको सम्भावना अन्तरगत एग्रो सपोर्ट बिजनेस, प्याकेजिङ्ग, चामल मिल र तोरी तेलको मिल उद्योग सञ्चालन जस्ता क्षेत्रमा लागेको र यसले प्रत्यक्ष रुपमा सदस्यलाई फाइदा पुग्ने अध्यक्ष काफ्लेले बताइन् ।

संस्थाकी उपाध्यक्ष भगवती घिमिरेले अध्यक्षको प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने क्षेत्रीय कार्यालय इलामका प्रमुख बासुदेब खतिवडाले स्वतन्त्र लेखा परीक्षणको प्रतिवेदन र आगामी वर्ष सञ्चालन हुने कार्यक्रम प्रस्तुत गरेका थिए ।

केर्खा एकाई केन्द्रका संयोजक अग्निप्रसाद कोईरालाको अध्यक्षतामा सम्पन्न साधारणसभामा शान्ता दाहालले स्वागत गरेकी थिइन् । कमल– ३ का वडाध्यक्ष नरप्रसाद दंगालले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शाखा प्रमुख विनीता बस्तेतले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *