बिर्तामोडमा नेपाल राष्ट्रिय बंगाली समाज नगर समिति गठन
बिर्तामोड ।

नेपाल राष्ट्रिय बंगाली समाज बिर्तामोड नगर समिति गठन गरिएको छ । नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको विधान अनुसार बिर्तामोडमा सोमबार आयोजित एक भेलाले गणेश घोषको अध्यक्षतामा बिर्तामोड नगर समिति गठन गरेको हो ।
भेलाले समितिको सचिवमा सुकुमार घोष र कोषाध्यक्षमा चित्र बर्मनलाई चयन गरेको छ । समितिको उपाध्यक्ष र सहसचिव लगायत अन्य सदस्यहरु नगर समितिको बैठकले क्रमशः चयन गर्दै जाने बताइएको छ ।
समितिको सदस्यहरूमा अजयकुमार दास, नगेन साहा, जयन्ती कर्मकार र गौतम साह चयन भएका छन् । नेपाल राष्ट्रिय बंगाली समाजका केन्द्रीय सदस्य अनुप रायको अध्यक्षतामा भएको भेलामा भोला चक्रवर्ती, गणेश घोष, सुकुमार घोष लगायतले बोलेका थिए ।
केन्द्रीय समितिले देशभर छरिएर रहेका बंगाली समुदायको हक अधिकार सुनिश्चितताका लागि बंगाली आयोग गठन गर्न राष्ट्रव्यापी अभियान थालेको छ ।
सोही अभियान अनुसार जिल्लाको भद्रपुरपछि बिर्तामोडमा नगर समिति गठन गरेको हो । अब जिल्लाका स्थानीय तहहरूमा समिति गठन गर्नुका जिल्ला समिति गठन गर्ने अभियानलाई तीव्रता दिने बताइएको छ ।
