September 14, 2026

कमल गाउँपालिकाका युवा विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउदै

0

उमानाथ भण्डारी
कमल , विदेश वाट फर्किएका झापा कमलका युवा यतिवेला पशुपालन व्यवसायमा रमाउन थालेका छन् ।
विदेशमा सिकेको ज्ञान र सिप आफ्नै गाउँघरमा प्रयोग गर्न पाउदा युवामा जोस र जाँगर सँगै खुशि थपिएको छ ।
विदेशमा हुँदा मालिकको अरन खटनमा काम गर्नु पथ्र्योभने याहाँ आफै मालिक भएर स्वतन्त्र रुपमा आफ्नो व्यवसाय सन्चालन गर्न पाउदा युवाहरु दङ्ग परेका छन् ।
सानाकिसान सहकारी मार्फत १५ महिना ईज्रायलमा पशुपालन सम्वन्धि सिप सिकेर फर्किएका विजय गौली र ६ वर्ष दुबईमा गाई फार्ममा काम गरेर फर्किएका सविन चौहान व्यवसायकि पार्टनर हुनुहुन्छ ।
आफुहरुले विदेशमा पशुपालकोक्षेमा काम गर्ने अवसर प्राप्त भयो । त्याँहा काम गर्दा सिकेको सिप र अनुभवलाई दुबै जनाले आफ्नै गाउँमा केहि गरौ भन्ने अठोठका साथ अहिले झापाको कमल गाउँपालिका वडा नम्वर ७ मा संयुक्त रुपमा नवोदय कृषि फर्म सन्चालनमा ल्याउनु भएको छ । पशुपालनका साथै कृषि तर्फ कागती खेती सुरु गर्नु भएको छ । २ वर्ष अगाडी २० लाख रुपैया बाट सुरुगरेको गाई फर्म अहिले १ करोड ५० लाख रुपैया भन्दा लगानी भएको छ । फार्ममा अहिले ४० वटा भन्दा बढी माउ गाई छन् । दैनिक एकसय ५० लिटर भन्दा बढी दुध विक्रि गर्दै आएका उनिहरुले मासिक १ लाख भन्दा वढी आम्दानी गर्नेगरेको विजय गौली बताउनुहुन्छ ।
पशुपालनका साथै दश कठ्ठा जमिनमा सुन कागती लगाउनु भएको छ । आगामी दिनमा व्यसायकि रुपमा कुखुरा र बंगुर समेत पालन गर्ने योजनामा रहेको सविन चोहानले जानकारी दिनुभयो ।
त्यसैगरी बैदेशिक रोजगारी अन्तर्गत १२ वर्ष साउदीमा विताएर फर्किएरका चन्द्रप्रकास राईले आफ्नै जमिनमा बंगुर पालन व्यवसाय सन्चालनमा ल्याउनु भएको छ । परिवार बाट १२ वर्ष सम्म विदेशमा बस्दा आफ्नो गाउँनै विरानो भएको थियो अहिले परिवासँग बसेर आफैले व्यसाय सन्चलन गर्न पाँउदा खुशीलागेको छ । २०७० सालमा १ एउटा उन्नत बंगुर बाट व्यासाय सुरु गरेका राईले गत वर्ष प्रदेश सरकार बाट ४ लाख रुपैया अनुदान समेत पाउनु भएको छ । सरकार बाट दुईचार लाख अनुदान पाउनु भन्दा व्यवसायी सिप पाए राम्रो हुने राई बताउनुहुन्छ ।
तिन वर्ष साउदी र साडे ३ वर्ष दुवई बसेर आफ्नो गाउँ फर्किका अर्का युवा हुन् पुष्पराज मैनाली दुई वर्ष अगाडी ९० हजार रुपैयामा नि वाटा गाई बाट सुरगरेको फर्ममा अहिले ३० वटा माउ गाई छन् । विदेशमा हुँदा अर्काको खटनमा चल्नु पथ्र्याे । अहिले स्वतन्त्र रुपमा आफ्नो व्यवसाय सन्चालन गर्न पाउदा गर्भ लागेको छ । गाउँपालिकाले वर्षनी आयोजना कषि मेलामा पुरस्कृत हुन पाउँदा गर्भ लागेको मैनाली बताउनुहुन्छ ।
विदेश बाट फर्किएका युवालाई व्यासाय प्रवद्धनकालागी गाउँपालिकाले सहकारी मार्फत ५० हजार देखी २ लाख रुपैया सम्म प्रदान गरेका छ । कोष मार्फत गाई , वाख्रा, बंगुर तथा माछा पालनका लागी युवालाई विभिन्न कार्यक्रम मार्फत सहयोग गर्नेगरेको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठ बताउनुहुन्छ
गाउँपालिकाले विदेश बाट फर्किएका युवालाई पशुपालनका निम्ति पछिल्लो समय थुप्रै कार्यक्रम सन्चालनमा ल्याएको छ । पशुपालनमा व्यवसायीक कृषकलाई विभिन्न अनुदान र व्यवसाय प्रवद्र्धन कोष मार्फत सहयोग समेत गरेको छ । गाउँपालिकाको सहयोग पाएपछि पशुपालकमा उत्पादनमा समेत बृद्धि भएको छ । तर कृषकले उत्पादन गरेको बस्तुले बजार नपाउदा कृषक समस्यामा परेका छन् । आगामी दिनमा सम्वन्धित निकायले बजारीकरणमा समेत ध्यानदिन आवश्यक छ । नत्र स्वदेशमै केहि गरौं भन्ने यि पौरखी युवाहरु आफुले सन्चालन गरेको व्यवसाय छोडेर फेरिपनी विदेशिन बाध्या हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *