September 16, 2026

माई नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण हुने

0

माई
माई नगरपालिका इलामका विभिन्न वडाहरुमा राष्ट्रिय परिचयपत्र वितरणका लागि जिल्ला प्रशासन कार्यालयबाट संकलन टोली आउने भएका छन।
प्रमुख प्रशासकिय अधिकृत विष्णु कुमार थेगुवाका अनुसार २०७८ बैशाख २० गते माई वडा नम्बर १ मा ४ स्टेशनबाट सेवा दिने गरि, वडा नम्बर ३ मा ३ स्टेशनवाट , वडा नम्बर ४ मा ३ स्टेशनवाट, वडा नम्बर ५ मा ४ स्टेशनवाट, वडा नम्बर ८ मा ३ स्टेशनवाट र वडा नम्बर १० मा ३ स्टेशनबाट सेवा प्रदान गरिने भएको छ ।
त्यस्तै बैशाख २१ गते वडा नम्बर २, ६ र ७ मा ३(३ स्टेशनबाट सेबा प्रदान गरिने छ। वडा नम्वर(९ मा भने बैशाख(२१ पछी मात्र टोली निर्धारण गरिने जनाइएको छ।
नगर भित्रका सबै नागरिकता प्राप्त नागरिकहरूलाई परिचयपत्र बितरणका लागि संकलन टोलीले वडामा आईपुगेको भोलि पल्ट अर्थात बैशाख(२१ र २२ गतेबाट सेवा प्रदान गरिने भएको हो ।
माई नगरपालिका भित्र राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने योग्यता पुगेका करिव २० हजार नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरणका लागि बिबरण संकलन गरिने भएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *