September 15, 2026

कोरोना रोकथाममा सरकार गैर जिम्मेवार

0

झापा ,
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० झापाले विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण कार्यमा देखिएको सरकारको गैर जिम्मेवारीपन र उदासिनताको घोर भत्र्सना गरेको छ ।

पार्टीले उक्त कार्य प्रभावकारी बनाउनका लागि सचेतना अबिबृद्धि गर्ने, स्वास्थ्य सामाग्रीको वेलैमा प्रयाप्त व्यवस्थापन गर्ने, संक्रमितहरुको स्वास्थ्य उपचार शुलभ ढङ्गले प्रदान गर्ने, महामारीको संङ्कटपूर्ण घडिमा खाद्यन्न सामाग्री लगायत दैनिक उपभोग्य सामाग्रीहरुको कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्ने ब्यवसायीहरुलाई प्रभावकारी अनुगमन गरी कारवाहीको दायारामा ल्याउन नेपाल सरकारका तिनै तहका सरकारलाई ध्यानाकर्षण समेत गरेको छ ।

साथै झापावासीसहित पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई स्वास्थ्यका मापदण्ड कडाईका साथ पालन गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यका सक्रियता पूर्वक खट्न तथा भष्ट्राचार, कालाबजारी र बिकृतिको बिरुद्धमा एकजुट हुन पार्टीका जिल्ला सचिव मणिकुमार साम्पाङ विजयले विज्ञप्ती जारी गरी जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *