September 15, 2026

बिर्तामोड ,
योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) झापाले बिर्तामोडमा मास्क वितरण गरेको छ । कोरोना भाइरस अध्याधिक बढेकाले त्यसको रोकथामका लागि वाइसिएलले आइतवार बिर्तामोडमा मास्क वितरण गरेको झापा अध्यक्ष दधिराम रिमालले जानकारी दिए ।
मास्क लगाऔं, कोभिड–१९ को महामारीबाट आफु बचौं अरुलाई पनि बचाऔं भन्ने मुल नाराका साथ वाइसिएलले पैदल यात्री, अटोमा सवारलगायतलाई एकहजार माक्स वितरण गरेका छन् ।
मास्क वितरण कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन प्रदेश नं. १ इन्चार्ज भूपाल सापकोटा, नेकपा माओवादी केन्द्र झापा कार्यालय सदस्य कुवेर श्रेष्ठ (अरुण), वाइसिएल केन्द्रीय सदस्य कुमार आचार्य, अखिल (क्रान्तिकारी) केन्द्रिीय सदस्य प्रतिक कडरिया, वाइसिएल झापा सदस्य जनक ल्वागुन, बिर्तामोड नगर बिद्यार्थी इन्चार्ज प्रज्वल कडरियालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *