September 14, 2026

इक्यानको प्रथम साधारण सभा सम्पन्न

0

झापा, इक्यान झापाको प्रथम साधारण सभा झापाको दोमुखामा सम्पन्न भएको छ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को साधारण सभाले शैक्षिक क्षेत्रको विकासका लागि एकजुट हुँदैं कन्सल्टेन्सीहरु शैक्षिक परामर्शलाई अझ ब्यापक बनाउने बताइएको छ ।


रोजगारीका साथै उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई लक्षित गरी सञ्चालनमा आएका कन्सल्टेन्सीहरुले परामर्शको काम गर्दै आएको इक्यान झापाका अध्यक्ष सुमन शर्मा जम्मर कट्टेलले बताउनुभयो ।
इक्यानका केन्द्रिय द्वितीयउपाध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इक्यानका केन्द्रिय सह–कोषध्यक्ष कर्ण गुरुङ, नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई मामा, पुष्पराज भट्टराई, महेश श्रेष्ठ, श्रीराम गिरी, रामहरि दवाडी, खड्ग ताम्लिङ्ग लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा सचिव मदन बुढाथोकी र कोषध्यक्ष राजकुमार कार्कीद्वरा प्रस्तुत प्रतिवेदन समेत पारित गरिएको थियो । इक्यान झापाका उपाध्यक्ष मिलन ओलीले स्वागत गर्नु भएको थियो ।


यसैबीच जापानीज भाषा परीक्षा (जेसर्ट)संग इक्यान झापाले सम्झौता गरेसंगै जापानको रोजगारीका साथै उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीले झापाबाटै परीक्षा दिन पाउने भएका छन् ।
जापानीज अध्यायगमन कार्यालयबाट मान्यता प्राप्त विद्यार्थी तथा कामदार भिजामा जान चहानेहरुलाई लिइने परीक्षा अब झापामा हुने इक्यान झापाका कोषध्यक्ष एवम् कोअडिनेटर राजकुमार कार्कीले बताउनुभयो । वर्षमा चार वटा परीक्षा सञ्चालन हुने र यो सम्झौतासंगै अब राजधानी नै पुग्नुपर्ने बाध्यता हटेको जेसर्टका सञ्चालक महेश श्रेष्ठले जानकारी दिनुभयो ।

श्रब्यदृष्य

जापान जान चहाने विद्यार्थी तथा कामदारका लागि शैक्षिक परामर्श लिन र परीक्षा दिन अब सहज हुने विश्वास लिइएको इक्यान झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *