कनकाई वनको सभामा पत्रकारसहित ३६ जना सम्मानित
सुरुङ्गा । 
कनकाई सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गाको २३ औं साधारणसभामा पत्रकार मनोज बस्नेतसहित ३६ जना ब्यक्ति सम्मानित भएका छन् ।
कनकाई सुरुङ्गा प्रेस क्लबका सचिव, लायन्स क्लब अफ कनकाईका प्रेसिडेन्ट समेत रहेका बस्नेत सन् २००३ देखि वैदेशिक रोजगारीमा कतारमा रहँदादेखि नै सञ्चार क्षेत्रमा संलग्न रहेका छन् । सञ्चारक्षेत्रबाट सो वन उपभोक्ता समूहको श्रीवृद्धि र समुन्नतिमा योगदान पु¥याए वापत उनलाई सम्मान गरिएको हो ।
त्यसै गरी, कनकाई माध्यमिक विद्यालय सुरुङ्गाबाट २०७६ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु किरण डाँगी, अंशु शिवाकोटी र अनुषा थापालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । सो कार्यक्रममा वर्ष उत्कृष्ट कर्मचारीको रुपमा संस्थामा २०६७ सालदेखि संस्थामा कार्यरत गोकर्ण पराजुलीलाई पनि नगदसहित सम्मान गरिएको थियो ।
त्यसै गरी, सेवा क्षेत्रभित्रका फरक क्षमता भएका व्यक्तिमध्ये भगिश्वर इजम लिम्बू, तेजप्रसाद बाँस्तोला, निर्मला मण्डल र आइतमाया कुमाललाई सम्मान गरिएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकहरु तिलरुपा न्यौपाने, बालुराम खरेल, कृतिमान थेबे, यसोदा भेटवाल, छबिलाल कडेंल, नरमाया गुरुङ्ग, ईश्वरा उप्रेती, डम्बरकुमारी कटुवाल, पूर्णप्रसाद खनाल, अडिमर्दन सुवेदी, हर्कबहादुर श्रेष्ठ र धनमाया प्रसाईलाई सम्मान गरिएको थियो ।
उक्त वन समूहको २०५९ सालदेखि शुरु गरेको चौथो कार्यकालका पदाधिकारी तथा सदस्य पनि सम्मान गरिएको थियो । त्यसरी सम्मानित हुनेमा अध्यक्ष बालकृष्ण मैनाली, उपाध्यक्ष मेनुका मैनाली, सचिव लक्ष्मीप्रसाद पाठक, सहसचिव अम्बरबहादुर कार्की, सदस्यहरु देवीमाया दाहाल, बलराम गौतम, जीतबहादुर श्रेष्ठ, श्रीप्रसाद खरेल, टीकाकुमार पोखरेल, रुपनारायण खतिवडा, यमनाथ सेडाईं, भक्तिप्रसाद संग्रौला, हिरण्यकुमार राई, नारायण ओली, देवीप्रसाद भण्डारी र मनोरथ थापा रहेका छन् ।
सभामा वन समूहका अध्यक्ष ख्यामप्रसाद ओलीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश थापाद्वारा प्रस्तुत वार्षिक बजेट तथा कार्यक्रम प्रतिवेदन आवश्यक संशोधनसहित पारित गरिएका थिए । २६७.०६ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वन समूहमा हाल ३ हजार ४ सय १७ घरधुरी ‘क’ वर्गको सदस्यको रुपमा रहेको कार्यालय सचिव नेत्र भट्टराईले जानकारी दिए् ।
वन समूहका अध्यक्ष ओलीको सभापतित्वमा भएको कार्यक्रममा झापा क्षेत्र नंं. ४ का प्रदेशसभा सदस्य माननीय हीराकुमार थापाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, सम्मानित व्यक्तित्व वन समूहका पूर्व अध्यक्ष बालकृष्ण मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य अम्बिका राजवंशी, कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमका अध्यक्ष नबलकिशोर दत्त, नेकपा कनकाई नगर अध्यक्ष रवीन्द्र लम्साल, नेपाली कांग्रेस नगर सभापति नेत्रप्रसाद चिमरिया, कनकाई माविका अध्यक्ष जनार्दन उप्रेती, जनता समाजवादी पार्टीका नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, कनकाई नगरपालिका वार्ड नं. ३ का अध्यक्ष रूद्रप्रसाद चिमरिया, वन समूहका पूर्व अध्यक्ष नारायण ओली, शिक्षाकर्मी आशा शर्मा शिवाकोटी लगायतको आतिथ्य रहेको थियो । वन समूहका उपाध्यक्ष ललितबहादुर कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव मान्ता खरेलले सञ्चालन गरेकी थिइन् ।
