September 13, 2026

बिर्तामोड सिटी सेन्टरमा फुड फेस्टिभल एण्ड बम्पर सेलको आयोजना

0

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

बिर्तामोड सिटी सेन्टरको आयोजनामा शनिवारदेखि फुड फेस्टिभल एण्ड बम्पर सेलको तयारी गरिएको छ ।

बिर्तामोड सिटी सेन्टर एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिअन्तर्गतको बिर्तामोड सिटी सेन्टरले बिर्तामोडको सिटी सेन्टरमा माघ १७ देखि २० गतेसम्म फुड फेस्टिभल तथा बम्पर सेलको आयोजना गरिएको बिर्तामोड सिटी सेन्टर एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिका अध्यक्ष घनेन्द्रकुमार पाण्डेले जानकारी दिए ।

फुड फेस्टिभलमा १५ वटा विभिन्न परिकारका स्टल रहने र प्रत्येक दिन दिउँसो १ वजेदेखि साँझ ७ बजेसम्म राष्ट्रिय,अन्तराष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीसहित फुड फेस्टिभलको मज्जा लिन सकिने उनले बताए ।

चारदिने फुड फेस्टिभल एण्ड बम्पर सेलमा बिर्तामोड सिटी सेन्टरमा सञ्चालित पसलमा ग्राहकहरुले पाँचदेखि ५० प्रतिशत छुटमा सामग्री खरिद गर्न सकिने व्यवस्था मिलाइएको बिर्तामोड सिटी सेन्टरका सञ्चालक दिपेन्द्र राउतले जानकारी दिए ।
त्यसैगरी बिर्तामोड सिटी सेन्टरका सञ्चालक हिमालय प्रसाईले झापा जिल्लामै पहिलोपटक १५ हजारभन्दा बढी बेलुनले सिटी सेन्टरलाई सजाएर फुड फेस्टिभल तथा बम्पर सेल आयोजना गरिएको बताए । उनले चार दिनसम्म चल्ने फुड फेस्टिभलमा ख्यातिप्राप्त गायक तथा प्रखर वक्ता रमेश प्रसाई, राष्ट्रिय गायक सीताराम ताजपुरियाको प्रस्तुती रहने बताए ।

फुड फेस्टिभल एण्ड बम्पर सेलमा क्षितिज संगीत साधना प्रतिष्ठान झापाका कलाकारहरुको प्रस्तुती , अन्तराष्ट्रिय ब्याण्ड भायोलेटको प्रस्तुती रहने बिर्तामोड सिटी सेन्टरका सञ्चालक लक्ष्मण बस्नेतले जानकारी दिए ।

बिर्तामोडको काँकरभिट्टा रोडमा सञ्चालित बिर्तामोड सिटी सेन्टरमा एक सय ५० भन्दा वढी व्यवसाय सञ्चालित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *