नेपाल महिला संघ प्रदेश १ को सभापतिमा गौतम
बिर्तामोड,
नेपाल महिला संघ प्रदेश १ को सभापतिमा उर्मिला गौतम चयन भएकी छिन् ।
हल्विावारी गाउँपालिका १ मा भएको कार्यक्रमबाट गौतम सभापतिमा चयन भएकी हुन् ।
पार्टी महासमिति सदस्य भगीरथ पोद्दारको प्रमुख आतिथ्य र क्षेत्रीय सभापति नवीन विमलीको विशेष आतिथ्यमा कार्यक्रमकाबीच उपसभापतिमा रत्ना राजवंशी सचिवमा भीमा दाहाल, सह सचिवमा शोभा राउत र कोषाध्यक्षमा लक्ष्मी अधिकारी चयन भएका छन् ।
समितिको सदस्यमा किरण सुब्बा, ज्योति तामाङ, हिपोका शिवा, राधा राववंशी, प्रमिला राजवंशी, सरिता खड्का, रानी हेमरम, समिरा खातुन, सावित्रा वास्तोटा, देविका बस्नेत, तारा उप्रेती, सविता मैनाली, वविता शाह, शारदा प्रसाई उप्रेती,शर्मिला वस्नेत, सृजना खरेल, राधा ठाकुर, लगायत रहेका छन् ।
