September 13, 2026

लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन जना पक्राउ

0

बिराटनगर।

झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन जना पक्राउ परेका छन् ।

ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक किसनगञ्ज धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्षीय महमद जमसेहलाई ९८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित झापा गाँपालिका–४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उता सुनसरीको कोशी गाँपालिका–१ लौकहीबाट लागूऔषध ट्याब्लेट सहित एक जना पक्राउ परेका छन् । को २२ प १६२३ नम्बरको मोटरसाईकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका–६ का ३३ बर्षीय हेमराज नेपालीलाई रोकेर चेकजाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध स्पास्मोप्रोक्सिवन १४४ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । लागूऔषध सहित पक्राउ परेका तीनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *