September 15, 2026

सुनसरी क्यानको मैत्रीपूर्ण बनभोज / लोडसेडिङ्गका कारण ब्यवसायीहरु मरमा परेको गुनासो

0

इटहरी माघ १९  । कम्प्युटर ब्यवसायहरुको छाता संगठन कम्प्युटर एसोसियन नेपाल सुनसरीले शनिबार मैत्रीपूर्ण बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
पूर्वको पर्यटकिय तथा रमणिय स्थलकोbanbhoj ko photo . रुपमा परिचित इटहरीको तालतलैयामा क्यानले आफनो मैत्रीपूर्ण बनभोज कार्यक्रम सम्पन्न गरेको हो । सुनसरीका सदस्यहरुबीच आपसी समझदमरी र एक आपसमा सदभाव कायम गर्नको निमित्त सो कार्यक्रको आयोजना गरिएको सुनसरी कम्प्युटर एसोसियन नेपालका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।  ५० भन्दा बढीको संख्यामा रहेको क्यान सुनसरीको टोलीले इटहरी स्थित तालतलैया क्षेत्रको बाताबरण अवलोकन गरी त्यस्को बिकाशका निमित्त सम्बन्धित निकायको ध्यान केन्द्रीत बनाउन बिशेष कदम चालिने कार्यक्रममा बक्ताहरुले बताएका छन । कार्यक्रममा क्यान सुनसरीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले हाल बढ्दो रुपमा रहेको लोडसेडिङ्गका कारण सुनसरी क्षेत्रमा कम्प्युटर ब्यवसायीहरु मारमा परिरहेको र सम्बन्धित निकायले यस बिषयमा कुनै चासो नदेखाएको गुनासो गरेका छन ।  भारी मात्रामा राजस्व संकलन गर्न ब्यापार मजबुत बनाईनु पर्ने सबैभन्दा बढी राजस्व संकलन हुने ब्यवसाय भनेकै कम्प्युटर ब्यवसाय रहेको बताउदै उक्त ब्यवसायलाई धरासयी हुन नदिन नेपाल शरकार समक्ष बिशेष माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *