September 13, 2026

राहदानीका लागि आवेदन सङ्कलन केन्द्र थपिए

0

logo-of-purwanchal
काठमाडौँ, माघ ६ । राहदानी लिनका लागि आवेदन गर्न १५ घण्टाभन्दा बढी समय लामबद्ध हुनुपर्ने सेवाग्राहीको बाध्यता आजबाट अन्त्य भएको छ ।

सरकारले आजदेखि नारायणहिटी दरबारस्थित राहदानी विभागमा ६ वटा आवेदन सङ्कलन केन्द्र सञ्चालन गरेपछि सेवाग्राहीलाई त्यस्तो सुविधा उपलब्ध भएको हो ।

केन्द्रको, परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागीले उद्घाटन गरे ।  त्यस अवसरमा उहाँले सेवाग्राहीको चापलाई दृष्टिगत गरी आवेदन केन्द्र विस्तार गरिएको बताउँदै  निकट भविष्यमा घनाबस्ती भएका राजधानीका चक्रपथ क्षेत्रका कोटेश्वर, कलङ्की, सामाखुसी, सातदोबाटोलगायतका स्थानमा पनि त्यस्ता केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

दैनिक दुई हजारभन्दा बढी व्यक्ति राहदानीका लागि आवेदन फाराम बुझाउन आउने गरेका बताउँदै राहदानी विभागका महानिर्देशक रमेशप्रसाद खनालले राहदानी छपाइ पनि वृद्धि गर्ने योजनामा विभाग रहेको बताउनुभयो ।

विगत तीन वर्षदेखि सरकारले यन्त्रले पढ्ने राहदानी एमआरपी वितरण गर्दै आएको छ । राहदानी वितरणबाट यस अवधिमा रु ६ अर्ब राजस्व सङ्कलन भएको जानकारी पनि महानिर्देशक खनालले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *