September 15, 2026

अस्पतालमा कैदीको मृत्यु

0

logo-of-purwanchal
भद्रपुर, माघ २ । झापा कारागारमा जेल जीवन विताइरहेका एक कैदीको आज मुत्यु भएको छ ।
मुत्यु हुने भद्रपुर– १ मेचीकिनार बस्ने अन्दाजी ४५ बर्षीय सोवित कामती रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको उपचारको क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा मुत्यु भएको हो । एचआइभी रोगबाट ग्रसित कामती केही दिनदेखि  विरामी भई अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । कामतीले गत असोज २८ गते विजया दशमीका दिन भद्रपुर–७ स्थित भानुनगरमा डेरी गरी बस्ने अन्दाजी ७५ बर्षीय गितारानी घोषलाई उनकै कोठामा गएर कुटपिटपछि घाटी थिचेर हत्या अभियोगमा तीन महिनादेखि जेल जीवन बिताइरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *