September 15, 2026

‘वाणिज्य संघमा युवाको नेतृत्व आवश्यक’

0

सुरुङ्गा, पुस ३० ।  झापा उद्योग वाणिज्य संघ सुरुङ्गाको आगामी माघ १० गते हुने निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेद्वार टीकाराम बरालले वाणिज्य संघमा स्वतन्त्र युवाहरुको नेतृत्व हुनुपर्ने बताएका छन् । उनले आफू घरवाला र वहालवाला दुबै भएकाले समस्या समाधानमा आफ्नो उपस्थितिले अर्थ राख्ने बताए । सुरुङ्गा उद्योग वाणिज्य संघको चुनावमा कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएपछि सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै बरालले राजनीति गर्ने थलो उद्योग वाणिज्य संघ नभएको भन्दै वाणिज्य संघलाई विशुद्ध व्यापारी मात्रको संगठन बनाउन आफूले स्वतन्त्र प्यानलवाट उम्मेद्वारी दिएको जिकिर गरे । यस अगाडि राजनीतिले गर्दा देशमा संविधान सभाको समेत दुई पटक निर्वाचन गर्नुपरेको तितो सत्य हामी वीच छिपेको छैन भन्दै उनले उद्योग वाणिज्य संघमा समेत राजनीति हावी भएकाले त्यसले सम्पूर्ण सुरुङ्गावासीलाई नै नोक्सानी पु¥याउने बताए । आफु सुरुङ्गामा १७ वर्षदेखि व्यवसाय गर्दै आएको युवा  भएकोले व्यापारीले पुरानै पदाधिकारी अनुहारवाट धेरै आशा गर्न छाडिसकेको बताउदै अवको नेतृत्वमा आफ्नो प्यानलको  जित हुनेमा उनी आशावादी रहेको जनाए । बराल मिनि मार्केट तथा शिवशंकर ज्वलेरीका सञ्चालक समेत रहेका बरालले व्यवसायीको माया पाएमा वहालवालको पिर मर्कालाई उचित नीति बनाएर हल गर्ने, बन्द निषेधित क्षेत्र सुरुङ्गालाई निरन्तरता दिने, निर्माणाधीन अतिथि सदनको पहिलो तला सञ्चालनमा ल्याउने र आम व्यवसायीले भोग्दै आएका पान तथा कर सम्बन्धी समस्या समाधान गर्न टिमसँग मिलेर काम गर्ने आफ्नो प्रतिबद्धता सुनाए । Photo of Tikaram Baral

Leave a Reply

Your email address will not be published. Required fields are marked *