September 16, 2026

सिस्ने कृषि सहकारीको नवौं सभा सम्पन्न

0

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१स्थित सिस्ने कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्था सञ्चालक समितिका अध्यक्ष बुद्धिसागर ढुङ्गेलको अध्यक्षतामा आयोजित सभाको प्रमुख अतिथि अर्जुनधारा–१ वडा समितिका अध्यक्ष गजाधर खतिवडाले उद्घाटन गरेका थिए ।

सभामा संस्थाको गत आर्थिक वर्ष ०७६/०७७ को प्रगति प्रतिवेदन अध्यक्ष ढुङ्गेलले र लेखा समितिको प्रतिवेदन समितिका संयोजक इन्द्रमणी ढकालले प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको शेयर पूँजी १४ लाख एक हजार ८० रुपैयाँ, बचत १० लाख ९३ हजार एक सय ६१ रुपैयाँ ९० पैसा, कर्जा लगानी २४ लाख ३८ हजार सात सय ५० रुपैयाँ, जगेडा कोष एवम् अन्य कोषमा एक लाख ४२ हजार छ सय ३२ रुपैयाँ ९९ पैसा, कर्जा जोखिम कोषमा दुई लाख ५६ हजार सात सय ७५ रुपैयाँ उल्लेख गरिएको छ । त्यसैगरी गत आर्थिक वर्षमा आठ लाख ६५ हजार ४४ रुपैयाँ ४१ पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाको खुद नाफा ६५ हजार आठ सय ६२ रुपैयाँ ८८ पैसा उल्लेख गरिएको छ ।

नगर सामाजिक विकास तथा सहकारी शाखा प्रमुख सुमित मगर, नमूना बजार व्यवस्थापन समितिका अध्यक्ष टीकाराम पौड्याल, हाम्रो स्वावलम्वी महिला उद्यमी सहकारी संस्थाकी उपाध्यक्ष विष्णुमाया खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गरेको सभामा साधुटार कृषि सहकारी संस्थाका अध्यक्ष नगेन्द्र काफ्ले, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज लोहार, खुदुनावारी–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कोषाध्यक्ष रुद्रकुमार श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

समितिका उपाध्यक्ष उपेन्द्र बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक डीबी दर्नालले गरेका थिए । सोही सभाले आगामी तीन वर्षे कार्यकालको लागि पुनः बुद्धिसागर ढुङ्गेलको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा उपेन्द्र बस्नेत र सदस्यहरुमा कुमार बस्नेत, कृष्णबहादुर लोहार, तुलसा पोखरेल, मकरध्वज एक्तेन, रामबहादुर कार्की, विष्णुलाल ढकाल र सिर्जना अधिकारी चयन भएका छन् । त्यस्तै सोही सभाले रामबहादुर कार्कीको संयोजकत्वमा डम्बर प्रसाईं र बेनुकुमार राई सदस्य रहेको ऋण समिति तथा इन्द्रमणी ढकालको संयोजकत्वमा श्रीप्रसाद नेपाल र सुवासचन्द्र मिश्र सदस्य रहेको लेखा समिति गठन गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *