लाखौं मूल्य बराबरका पटका बरामद
बिर्तामोड ।

झापाको मेचीनगर–१५ हेल्दुबारीबाट प्रहरीले लाखौं मूल्य बराबरको पटका बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली लुकाई छिपाई राखेको अवस्थामा एक लाख रुपैंया बराबरको खोर्सानी पटका, जगमग चकलेट, पापर र सुकुमेल गरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।
