April 29, 2026

विप्लवका नेता झापामा पक्राउ, पार्टीको कडा विज्ञप्ति

0

झापा,९ कात्तिक । नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाका जिल्ला सदस्य सुमनलाई प्रहरीले गिरफ्तार गरेको छ।

झापाको शिवसताक्षी नगरपालिकाबाट उनलाई हिजो बेलुका गिरफ्तार गरेकाे नेकपाले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

नेकपाका झापा जिल्ला सेक्रेटरी श्रीजंगले आज एक विज्ञप्ति जारी गर्दै पार्टीका जिल्ला सदस्य सुमनलाई गिरफ्तार गरिएको भन्दै चेतावनी सहितको विज्ञप्ति जारी गरेका छन्,।

सेक्रेटरी श्रीजंगले जारी गरेकाे विज्ञप्ति अनुसार केही दिन अगाडि जिल्ला प्रहरी प्रमुख कृष्ण कोइरालाको चाहना र निर्देशनमा भन्दै दमकबाट सर्वसाधरण ४ जना युवाहरुलाई पक्राउ गरी विप्लव नेकपाका नेता कार्यकर्ताकाे नाम बताउँदै संजय लगायत अरु कहाँ छन्,? भन्दै धम्की र प्रलोभन देखाएर आफ्नो कायरता प्रदर्शन गरेको घटना प्रती समेत ध्यानाकर्षण भएको उल्लेख छ। उनले विज्ञप्तिमार्फत भनेका छन्,- हाम्रो पार्टी माथी प्रतिबन्ध लगांउदै दमन हत्या र षड्यन्त्रमा उत्रिएको रास्ट्रघाती दलालहरुको फासिबादी सरकारले हिजो कार्तिक ८ गते बेलुका हाम्रो पार्टिका जिल्ला कमिटी सदस्य क. सुमन लाई शिवसताक्षी नगरपालिका बाट गिरफ्तार गरेको छ । विज्ञप्तिमा भनिएको छ,- हिजो गिरफ्तार कमरेड सुमनलाई बिनासर्त तुरुन्त रिहाइको माग गर्दछौं ।

हामिले भिन्न स्वरुप र आवरणमा झापामा सल्बलाएका सुराकी हरुको समेत टिपोट गरेका छौं । यो निश्चित छ क्रान्तिले आफ्नो बाटो बिस्तार गर्दै जाने क्रममा पक्कै पनि क्रान्ती बिरोधी तत्वहरुलाइ धुलोमा मिलाउने छ । क्रान्तिकै प्रक्रियामा हाम्रो पार्टिले क्रान्ती बिरोधिहरुलाई निर्ममतापुर्वक कारबाही गर्ने छ ।

दलाल हरुले आफ्नो यो दमनकारी रबैयालाई तुरुन्त नरोकी फेरि एककदम र एउटा मात्र दमनकारी हर्कत दोहोर्याए षड्यन्त्रकारी दलालहरुले जीवन भर पछुताउने गरि हामी तुरुन्त प्रतिरोध गर्ने छौं । र यो संवेदनशिलता प्रती झापाका सबै बुद्धिजिवी, नागरिक अगुवा र न्यायप्रेमी जनताले दलालहरुलाई खबरदारी गर्न अनुरोध गर्दछौं ।

विज्ञप्तिकाे पुर्णपाठ:-

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *