May 1, 2026

पत्रकार भट्टराईको जन्मदिन नाट्यघरमा

0

बिर्तामोड ।

क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालय सहितको झापा नाटक घरका लागि पत्रकार रोसन भट्टराई सहित २ जनाले सहयोग गरेका छन् ।

शनिबार निर्माणाधिन झापा नाटक घर परिसरमा आयोजित कार्यक्रममा पत्रकार रोसन भट्टराईले आफ्नु जन्मदिनको अवसर पारेर एक इँटा समर्पण अभियान अन्तर्गत १ सय ५५ वटा इँटा बराबरको रकम हस्तान्तरण गरेका थिए ।

उनले जन्मोत्सवमा फजुल खर्चलाई कटौती गर्दै केही थोरै भएता पनि आफुले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । उनी झापाको बुधबारेबाट प्रकाशित हुने बुद्धशान्ति साप्ताहिकका सम्पादक रहेका छन् ।

प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको झापा नाटक घर निर्माणमा सवै जातजाति, भाषाभाषीको अपनत्व गराउने उद्देश्यले झापा नाटक घर निर्माण समितिको आह्वानमा शुरु गरिएको एक व्यक्ति एक इँटा समर्पण अभियान अन्तर्गत नाट्य बिधाकी कलाकार शृष्टि आचार्य तथा मदन आसृत चुडालले अभियानमा ६ हजार र ४ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

उक्त रकम क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष माधब कल्पितलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *