May 2, 2026

शान्ति सामुदायिक वनको २२ औं सभा सम्पन्न

0

अर्जुनधारा ।

झापाको अर्जुनधारा–२स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको २२औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

समूहको कार्यालय परिसरमा अध्यक्ष तुलसीप्रसाद खतिवडाको अध्यक्षतामा आयोजित सभाको प्रमुख अतिथि वडाध्यक्ष रघुनाथ खनालले उद्घाटन गरेका थिए ।

कार्यक्रममा गत आर्थिक वर्ष ०७६÷०७७को वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष खतिवडाले, आन्तरिक लेखा परीक्षण प्रतिवेदन आन्तरिक लेखा समितिका संयोजक कमलप्रसाद ढकालले र चालु आर्थिक वर्ष ०७७÷०७८को वार्षिक कार्यक्रम वरिष्ठ उपाध्यक्ष रुपनारायण समालले प्रस्तुत गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष समालद्वारा प्रस्तुत प्रतिवेदनमा चालु आर्थिक वर्षको लागि अनुमानित एक करोड १७ लाख ७९ हजार आठ सय २२ रुपैयाँ १८ पैसा बराबरको कार्यक्रम उल्लेख गरिएको छ । जसअनुसार वन विकासमा २३ लाख ४७ हजार छ सय ६३ रुपैयाँ, गरिबी न्यूनिकरणमा ३२ लाख ८६ हजार सात सय २९ रुपैयाँ, प्रशासनिक खर्चमा १६ लाख ५३ हजार तीन सय ३० रुपैयाँ, विविधमा नौ लाख ७८ हजार एक सय ८८ रुपैयाँ २८ पैसा, संकलनमा सात लाख १८ हजार आठ सय ७७ रुपैयाँ आदि रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा नगर सभा सदस्य राजेन्द्र वाग्ले, कनकाई सब डिभिजन कार्यालयका रेन्जर राजेश घिमिरे, नगर सामुदायिक वन उपभोक्ता महासंघकी सचिव विनिता थापा, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रतिनिधि कृष्ण दंगाल, सल्लाहकारद्धय खड्गबहादुर कुमाल र पूण्यप्रसाद ओझा, पूर्व अध्यक्ष निर्मलप्रसाद बराललगायतको आतिथ्यता रहेको थियो ।

समूहकी उपाध्यक्ष गंगादेवी गौतमले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव मनकुमारी सञ्जेलले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *