May 2, 2026

भद्रपुर आँखा उपचार केन्द्रमा शल्यक्रिया सेवा शुरु

0

इश्वर अधिकारी / भद्रपुर ।

भद्रपुर आँखा उपचार केन्द्र भद्रपुर ५ मा आँखाको शल्यक्रिया शुरु गरिने भएको छ । विश्व दृष्टि दिवसको अवसरमा विहिवार भद्रपुरमा आयोजित कार्यक्रममा प्रत्येक आइतवार अर्थात हप्ताको एक दिन मोतिया विन्दूको अप्रेशन गर्ने जानकारी गराइएको हो ।

मेची आँखा अस्पताल संघ विर्तामोड शाखाको रुपमा संचालित भद्रपुर आँखा उपचार केन्द्रमा उपचार गराइ शल्यक्रिया गर्नुपर्ने रोगीलाइ शल्यक्रिया गर्न लाग्ने खर्चको ५० प्रतिशत खर्च आँखा उपचार केन्द्रका दाता सत्यनारायण सरियाले व्यहोर्ने जनाइएको छ ।

विश्व दृष्टि दिवस भद्रपुरमा प्रदेश सांसद ओम प्रकाश सरावगी, भद्रपुर नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठ, मेची आँखा अस्पतालका अध्यक्ष छत्र प्रसाद अधिकारी, भद्रपुर आँखा उपचार केन्द्रका अध्यक्ष चण्डी प्रसाद पराजुली र दाता परिवारका गोविन्द राम सरियाको उपस्थितिमा सम्पन्न गर्दै आँखाको अप्रेशन शुभारम्भ गर्ने घोषणा गरिएको हो ।

भद्रपुरमा रहेको आँखा उपचार केन्द्रका लागि भद्रपुर निवासी स्व.जय नारायण सरियाको स्मृतिमा उँहाका भाइ सत्यनारायण सरियाले १ विघा जग्गा दान दिनुभएको छ । सोही जग्गामा वनेको आँखा उपचार केन्द्रमा आँखाको परीक्षण गरी आएकोमा अवोप्रान्त हप्तामा एक दिन शल्यक्रिया नै गरिने अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

भद्रपुर आँखा उपचार केन्द्रमा अपरेशन कक्षका लागि थप ५५ लाखको भवन निर्माण भएको र अपरेशनका लागि ५५ लाखकै लागतमा मेसिन खरिद गर्न पनि दाता सरीया परिवारले नै सहयोग गरेको उपचार केन्द्र समितिका सचिव प्रदिपमणि रेग्मीले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *