May 4, 2026

 

भगवती ढुंगेल

सन्नाटा छाएको छ
गुमसुम एकोहोरीएको छ मन
श्वास चलिरहेको छ
तर दुबिधामा घेराबन्दी छ
उद्धारको अपेक्षा बोकी
कोही ढोका ढकढकाईरहेको छ
प्रश्नै प्रश्न को भिडमा
एक्कासी आउँछ निमन्त्रणा,
टुक्रिएको जोडी तिर्नेछु एकदिन
जिवित त रहन पाऊँ
मलाई नै थाहा छैन बेचैन छु
अड्किएछ कतै श्वास
बिच्छिन्न भएको छु
चिच्याई चिच्याई बोलाउँछ कसैले
तर तस्विर धमिलो अगाडी
एक्कासी आउँछ निमन्त्रणा ,
निरुत्तर भएँछु क्यार
आकुल छु आजभोली
सभ्यहरुसंग सकिन जुद्ध्न
समर्पणले बिरत्व दिन्छ
बियोगले अदृस्य कथा
बेहिसाब सोचमा छु आज
तर धड्कन दौडियो तेज
एक्कासी आउँछ निमन्त्रणा,
नि ःशब्द नै छु अझ पनी
अभिब्यक्ती चाहनेहरुका लागी
अन्तर्मनको कहानीमा डुबी
पागल झै भौतारिँदै
संघर्ष र कर्म साथ
आफ्नै आत्मिय भूमीलाई चुम्दै
अगम्य शिखर कैलाशमा हुन्छु
एक्कासी आउँछ निमन्त्रणा,
सिमित यात्रामा थिएँ
गन्तब्य नै नभए झै
आफैलाई भुली
समाहित हुन तत्पर भै
मृत्युले ढोका उघार्दै रैछ
यमराज शान्त नियाल्दै रहेछन्
मलाई नै पो प्रेमपुर्बक
पठाउँदै एक्कासी निमन्त्रणा

शिवसताक्षी,झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *