September 16, 2026

दार्जिलिङमा बसेर नेपालमा अपराध गर्ने रोकाय पूर्वी नेपालबाट पक्राउ

0

झापा ।

नेपाल भारत सिमावर्ती क्षेत्रबाट प्रहरीले साइवर अपराधमा संलग्न एक जनालाई पक्राउ गरेको छ।

इलामको पूर्वी क्षेत्रबाट ती ब्यक्तिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी सफल भएको हो । पसल रोकाय भन्ने २६ वर्षीय एक पुरुषलाई प्रहरीले इलामको पूर्वी क्षेत्रबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।

उनले भारतको दार्जेलिङमा बसेर नेपालमा साइवर अपराध गर्दै आएपछि प्रहरीले खोजी गरिरहेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो। परिसरका एसएसपी श्याम ज्ञवालीले साइवर क्राइमको अभियोगमा नियन्त्रणमा लिएको पुष्टी गरे।

रोक्काले सामाजिक संञ्जालको मार्फत मानिसलाई धम्काउने तथा गतल प्रयोग गरि अपराध गरेको खुलेको छ। उनले आइटीमा डिग्री गरेका छन्। उनलाई झापा हुँदै काठमाडौं लैजादैं गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय भारतका विभिन्न स्थानमा बसेर नेपालमा आपराधिक धन्दा चलाउने गिरोह सक्रिय रहेको छ । नेपालमा विभिन्न म्यासेज पठाएर ठगि गर्ने गिरोह रहेको र उनीहरुको पहिचान गरेर नियन्त्रण लिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *