September 15, 2026

तीन बर्षीय बालकको डुबेर मृत्यु

0

सुनसरी ।

सुनसरीको हरिपुर बस्ने धिरेन यादवका तीन बर्षीय छोरा सतिशकुमार यादवको पानीमा डुबेर मृत्यु भएको छ ।

आफ्नै घर नजिकै रहेको पानी निकासा हुने ठाउँ छेउमा खेलिरहेको अवस्थामा अचानक लडेर पानीमा डुब्दा बालक सतिश वेहोस भएका थिए ।

वेहोस भएका उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *