April 29, 2026

आजदेखि श्रम स्वीकृती खुल्ने

0

काठमाडौं,

कर्मचारीमा कोरोना देखिएपछि बुधबारदेखि बन्द भएको श्रम स्वीकृती आजदेखि सुचारु हुने भएको छ।

वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिइने श्रम स्वीकृति ४ दिनपछि सोमबारदेखि पुनः सूचारु हुने भएको हो। फ्रन्ट डेस्कमै खटिएका एक जना कर्मचारीमा कोरोना देखिएपछि गएको बुधबारदेखि कार्यालयले सेवा प्रवाह रोकेको थियो।

सोमबारदेखि सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सूचारु गरिने कार्यालयले जनाएको छ । सेवाग्राहीले कार्यालयमा लगाइएको गोलो चिन्हमा रहेर मात्रै सेवा लिन पाउनेछन्। त्यस्तै प्रवेश गर्नुअघि कार्यालयको गेटमै साबुनपानीले हात धुनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *