April 29, 2026

विप्लप माओवादीको युवा संगठनको झापा जिल्ला चौथो अधिवेशन सम्पन्न

0

झापा।

नेत्र विक्रम चन्द “विप्लप” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल, झापाले चाैथाे जिल्ला सम्मेलन सम्पन्न गरेको छ । उक्त जिल्ला सम्मेलन झापाको शिवसताशी नगरपालिका स्थिति सम्पन्न भएको पार्टी स्राेतले जानकारी गराएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा युवा संगठन नेपाल मेचिकोशी ब्यूरो संयोजक क. नुलुक, अतिथिहरुमा जिल्ला सचिव क. श्रीजंग , जिल्ला सदस्य कमरेड सुमन लगायतको उपस्थिति रहेको बताइएको छ।

कार्यक्रमका प्रमुख अतिथि एवम् मेचिकाेशी ब्युराे संयोजक क. नुलुकले भेलालाई सम्बाेधन गर्दै युवाहरूले दलाल, माफिया, भ्रष्टाचारी, लागूपदार्थ कारोबारीलाई छानीछानी कारबाही गर्दै गाउँबाट लखेट्ने चेतावनी दिए ।

त्यस्तै मन्तव्य राख्ने क्रममा नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला सचिव श्रीजंगले पुँजीवादी दलाल संसदीय व्यवस्थाले युवाको समस्या हल गर्न नसक्ने भएकाले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्तिमा लामबद्ध हुन अपिल गरे ।

उक्त सम्मेलनले क.सम्राटकाे नेतृत्वमा युवा सङ्गठन झापाको २१ सदस्य जिल्ला कमिटी समेत गठन गरेको समाचारमा जनाइएको छ । पछिल्लो समय राज्यबाट प्रतिबन्धित रहेको यो पार्टीले झापामा आफ्नो सक्रियता बढाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *