June 17, 2026

प्रअहरूको दुई दिने भेला इलाममा

0

इलाम, मंसीर २१ । जिल्लाको शैक्षिक गुणस्तर खस्कँदै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकको दुई दिने भेलामा सरोकारवालाले यस्तो चिन्ता व्यक्त गर्दै प्रत्येक वर्ष शैक्षिक गुणस्तर खस्कनुमा शिक्षक अनुत्तरदायी बन्दै गएको आरोप लगाएको छ ।

भेलामा सिकाइ उपलब्धि, कार्यसम्पादन सम्झौता र परीक्षासम्बन्धी बृहत् छलफल गरिने जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले बताउनुभयो ।

सामुदायिक विद्यालयको भन्दा संस्थागत विद्यालयको नतिजा राम्रो हुनुमा संस्थागत विद्यालयमा मेहनत, परिश्रम र लगनशीलता पाइएको छ । तर तलब खाएर पनि गुणस्तर सुधार्न नसक्नुमा शिक्षकनै स्वयम् जिम्मेवार हुनुपर्ने शैक्षिक गणतान्त्रिक मञ्चका पदम खनालले बताउनुभयो ।

विगतमा भन्दा केही उपलब्धि भए पनि अझ सुधार गर्नतर्फ सबैको सहयोग अपरिहार्य रहेको शिक्षा समितिका सदस्य तथा नेपाल शिक्षक युनियनका अध्यक्ष पूर्णप्रसाद गौतमको भनाइ छ । विद्यालयको एसएलसी परीक्षाको नतिजा न्यून भए पनि होमसेन्टर नदिने, परीक्षामा कडाइ गरिनाले विद्यार्थीमा पढ्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको गौतमले बताउनुभयो ।

भेलामा जिल्लाका ४९ वटा मावि र ३७ उच्च माविका प्रअको उपस्थिति छ । सो कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरी, सहायक प्रमुख जिल्ला अधिकारी पुरूषोत्तम घिमिरे, निमित्त स्थानीय विकास अधिकारी नारायणप्रसाद बराल, जिल्ला शिक्षा कार्यालयका उपसचिव गिरीराज दवाडीले शैक्षिक विकासका लागि प्रअको भूमिका महत्वपूर्ण हुने भन्दै जिम्मेवारी बहनका साथ सुधारात्मक अभियानमा लाग्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *