June 17, 2026

logo-of-purwanchal

अनारमनी, मंसीर २० । संविधानसभा सदस्य झापा क्षेत्र नं. २ का नवनिर्वाचित सभासद सुधीरकुमार शिवाकोटीलाई महेन्द्र–रत्न उच्च मावि अनारमनीले बिहीबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ । सोही विद्यालयका पूर्व शिक्षक समेत रहेका शिवाकोटीलाई त्इस अवसरमा विद्यालयका प्राचार्य मोहनप्रसाद ओलीले स्वागत, बधाई ज्ञापन गरे । पूर्व शिक्षक भएका नाताले सभासदबाट विद्यालयको भौतिक विकासमा अपेक्षा गरिएको विचार प्रकट गदर्वै प्राचार्य ओलीले नयाँ शैक्षिक कार्यक्रमको बारेमा जानकारी गराएका थिए । प्रत्युत्तरमा नवनिर्वाचित सभासद शिवाकोटीले आफू विद्यालयसँग भावनात्मक रुपमा समेत नजिक रहेको भन्दै आफ्ना तर्फबाट सकारात्मक सहयोग गर्ने आश्वासन दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण चौधरीको अध्यक्षमा भएको कायृक्रममा भवन निर्माण समितिका संयोजक अमृत बुढाथोकी, पीटीए अध्यक्ष युवराज प्रसाई, अनारमनी पब्लिक क्याम्पस वडा प्रमुख मोहन शिवाकोटी लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन वि.व्य.सका सदस्य तथा शिक्षक नेत्र खरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *