April 30, 2026

युएई मा छायांकन भएको ‘अधुरो प्रेम कहानी’ म्युजिक भिडियो सार्वजनिक

0

 

गायक समुन्द्र खतिवडाले आफ्नो बिल्कुलै नयाँ गीत ‘अधुरो प्रेम कहानी’ सार्वजनिक गरेका छन् ।

हाल युएई मा रहेका गायक खतिवडाले कोरना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई मनोरंजन दिन म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर समुन्द्र खतिवडाको रहेको छ भने शब्द रमन सुवेदीको रहेको छ। गीतमा नबराज बस्नेतको संगीत रहेको छ।

युएईमा छायांकन गरिएको भिडियोलाई नेपालका पहिलो अन्तर्राष्ट्रिय नेपाली मोटो ब्लगर भनेर चिनीने यल्ला ब्रोदरसले सम्पादन अनि छायांकन गरेका हुन्। म्युजिक भिडियोमा सुबाश , सोराया र रिचेलको जिवन्त अभिनय देख्न सकिन्छ। माया, प्रेम र बिछोडका विषयलाई आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोलाई रमन सुबेदीको निर्देशनमा तयार पारिएको हो।

एस के नेपाली म्युजिकको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । यस भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायक खतिवडाले आग्रह समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *