April 30, 2026

झापामा जनस्तरबाटै पीसीआर प्रयोगशाला स्थापनाको निर्णय

0

 

झापा,

‘एकका लागि एक’ अभियानले झापामा कोभिड–१९को संक्रमण परीक्षण गर्न पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । बिर्तामोडमा संवाद समूह झापाको संयोजनमा बसेको अभियानका साझेदार संस्थाको बैठकले जिल्लामा पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । नेपाल सरकारको सहयोग र समन्वयमा प्रयोगशाला स्थापना गरी परीक्षणको दायरा बढाउन अभियानले काम शुरु गर्ने भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *