September 13, 2026

आज संघीय सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउँदै

0

काठमाडौं,

आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ।

नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। प्रतिनिधिसभाको हिजोको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि आज दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन्।

बैठकमा सभामुख सापकोटाले सार्थक वार्ता र संवादका निम्ति सुझाव र अध्ययनका लागि गत साउन २० मा गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो।

संयुक्त बैठकपछि आजै साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ। यस अघि राष्ट्रपति विद्यादेवि भण्डारीले जेठ २ गते सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेकी थिइन्।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *