September 13, 2026

नगर प्रमुख शिवाकोटीको स्वास्थ्य अवस्था सामान्य बन्दै

0

बिर्तामोड,

घाटी र मेरुदण्ड जोड्ने नसा च्यापिएपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार गराइरहेको बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।


अस्पतालले आज विज्ञप्ति जारी गर्दै नगरप्रमुख शिवाकोटीको स्वास्थ्यमा क्रमिक सुधार आएको जनाएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा निराजनप्रसाद पराजुलीका अनुसार शल्यक्रिया पश्चात तेस्रो दिन ह्रवील चेयरको साहयतामा सामान्य हिनडुल गराउन थालिएको छ ।

नगर प्रमुख शिवाकोटीलाई वरिष्ट न्यूरो सर्जन डा पंकजराज नेपाल, क्रिटिकल केयर विशेषज्ञ डा निरज कुमार क्याल, वरिष्ट फिजिसियन डा. लक्ष्मण ठाकुर सहितको टोलीले प्रत्यक्ष निगरानी गरिरहेको अस्पतालका जनसम्पर्क अघिकरी प्रमिस गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *