May 3, 2026

३९ जनाको र्यापिट टेस्ट गरियो, सबैको रिर्पोट नेगेटिभ

0

विमल दहाल,
माई इलाम,
मजदुरीका लागि काभ्रेपलाञ्चोक गएका ३० जनाको माई नगरपालिका इलामले उद्दार गरी घर सम्म ल्याएको छ । उनीहरु तीन दिन लगाएर घर आई पुगेका हुन ।

माई—८ का २८ जना, इलाम नगरपालिका–१ नेपालटारका एक जना र सन्दकपुर गाँउपालिका–५ जमुनाका एक जनालाई उद्दार गरी माई नगरपालिका ल्याईएको हो । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय इलाम र सुनसरीको समन्वय र माई नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा कोशी ब्यारेजबाट उद्दार गरी ल्याईएको हो । कोशीबाट झापा दुर्गापुर सम्म टिफरमा र दुर्गापुरबाट बसमा माईको क्वारेन्टाईन सम्म मंगलबार राती ल्याईएको लोदिया प्रहरी चौकी दानाबारीका इन्चार्ज दिलबहादुर दनुवारले जानकारी दिनुभयो । उनीहरुको उद्दारका लागि झापा सम्म सशस्त्र प्रहरी बेस क्याम्प दानाबारीका सशस्त्र प्रहरी निरिक्षक रुद्रबहादुर बुढाथोकीको नेतृत्वमा स्वास्थ्य संयोजक पुष्कर कट्टेल, प्रहरी इन्चार्ज दिलबहादुर दनुबार, वडा अध्यक्ष खम्बसिंह लिम्बु, करुणा फाउण्डेसन नेपाल माईका समुदाय संयोजक विमल दहाल र माईका कर्मचारी खगेन्द्र राईको टोली गएको थियो ।


उद्दार गरिएका सबै कामदारहरुको स्वास्थ्य परिक्षण गयरातीनै दानाबारी स्थित क्वारेन्टाईनमा गरिएको छ । इलाम जिल्ला अस्पतालका ल्याप टेक्निसियन निरिक्षक युवनाथ बरालको टोलीले सबैको आरडिटी परिक्षण गरेको हो । परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको छ । रिर्पोट नेगेटिभ आएपछी माईका २८ जनालाई होम क्वारेन्टाईनमा बस्ने गरी वडा नम्बर–८ का वडाध्यक्ष भक्तबहादुर आङ्गदम्बेलाई जिम्मा लगाईको छ भने इलाम र सन्दकपुरका २ जनालाई माईको क्वारेन्टाईमा राखिएको छ ।


यसै बिच काठमाडौको बिएम इटाभट्टमा काम गर्ने माई नगरपालिका भित्रका थप ९ जनाको आजै माईको क्वारान्टाईमा आरबिटी परिक्षण गरिएको छ । उनीहरु माई–१ का ५ जना, माई–७ का १ जना र माई–३ का ३ जना रहेको बताइृएको छ । उनीहरु माईक्रो बसबाट बिर्तामोड सम्म आएका थिए भने बिर्तामोडबाट दानाबारी सम्म पैदल यात्रा गरी आएका थिए । उनी सबैको रिर्पोट नेगेटिभ आएकाले होम क्वारेन्टाईनमा पठाईने सशस्त्र प्रहरी निरिक्षक रुद्रबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

लकडाउन र यात्राको भोगाई

कोरोना भाईरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण मजदुर र श्रमिक बढी मारमा परेका छन । हामी सबैका लागि गरिएको लकडाउन भएता पनि मजदुर र श्रमिकलाई भने सास्ती भएको छ । उनीहरु आफ्नो घर सम्म आउन नपाउदा बाटोमा सास्ती र कष्टकर जीवन बिताउदै गन्तब्य तर्फ आउन बाध्य छन । खानाको उचित प्रबन्ध नहुदा भोक भोकै बस्नु पर्ने बाध्यता छ । यसै बिच श्रमका लागि काभ्रेपलाञ्चोक गएका ब्याक्तिहरुको बाटो यात्राको अनुभव प्रस्तुत गरिएको छ ।


गत फाल्गुण २९ गते कामका लागि टि.भि.टी.कम्पनी अन्र्तगत नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय योजनाको काममा काभ्रेपलाञ्चोक स्थित खानीगाँउ वडा नम्बर–१ दयाँगाँउ गएका थियौ । काममा गएको दुई हप्ता नबित्दै लकडाउन भएकाले काम बिहिन भएर बस्यौ माई–८ का प्रेम कुमार तामाङ्गले बताए । काम बिहिन भएपछी भोक भोकै कति रात बितायौ, कम्पनीले पनि १२–१५ दिनको श्रमको पैसा दिएको छैन उनी बताँउछन । काम बिहिन भएपछी हिडेरै भए पनि घर जाने निधो हामीले गर्यो र १२ घण्टाको पैदलयात्रा तय गरी नेपाल बजार आई पुग्यौ । काभ्रेपलाञ्चोकको नेपाल बजारबाट प्रहरीले ब्यापारीको सामान बोक्ने गाडीमा लगाईदिएको र सो गाडीमा सिराहा र सप्तरीको सिमनामा आधारातमा छोडेको सुनाउछन उनी । करिब ४ घण्टाको पैदलयात्रा पछी कोशी ब्यारेजमा आई पुग्दा उज्यालो भएको थियो अर्का कामदार निमा लामा बताँउछन । उज्यालो भएपछी ठुलो हावापानी आयो हामी ब्यारेजको दक्षिण पट्टिको मन्दिरमा आडभरोसा लियौ उनले दुःख सुनाए । केही समयमा प्रहरीहरु आएर हामीलाई सोधखोज गरियो हामीले यसरी दुःख पाएको, भोकै भएको सबै बृतान्त सुनायौ । प्रहरीले चिउरा पानीको प्रबन्ध गरिदियो । हामीले माई–८ का वडाध्यक्ष भक्तबहादुर आङ्गदम्बेलाई फोन गर्यौ र केही गरेर सहयोग गर्न आग्रह गर्यौ लामा बताँउछन । वडाध्यक्षले मेयरलाई जानकारी गर्नुभएछ मेयरले सिडिओ, अनि इलाम र सुनसरीको सिडिओ संगको समन्यमा प्रहरीले हामीलाई सडक बिभागको टिफरमा हालेर झापाको दुर्गापुर सम्म ल्याएको बताँउछन ।

अपारान्ह ५ बजे स्वास्थ्य परिक्षण गर्दै सुरक्षित ढंगले बसमा राखेर माई नगरपालिका ल्याएको थियो । माईको क्वारेन्टाईनमा सबैको आरडिटी परिक्षण जिल्ला अस्पताल इलामका ल्याव टेक्निसियन युवनाथ बरालले गर्नुभएको थिए । राती ९ बजे माई नगरपालिकाको ब्यबस्थापन गरी खुवाएको दाल भात र तरकारीले दुई दिनको भोको पेट भरिएको तामाङको भनाई छ । जीवनमा सारै नबिर्सने यो क्षणमा माई नगरपालिका, नेपाल प्रहरी र शसस्त्र प्रहरी प्रति हाम्रो तर्फबाट धन्यबाद छ उनीहरुले भनेका छन । अव होम क्वारेन्टाईनमा रहने गरि बस्ने छौ । श्रम पनि आफ्नै गाँउमा गर्नेछौ उनीहरुले बताएकाछन ।

यता इलाम र सन्दकपुरका २ जनालाई भने माईको क्वारेन्टाईनमा राखी परिबारलाई जिम्मा लगाईने स्वास्थ्य संयोजक पुष्कर कट्टेलले बताँउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *