नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टामा डिसइन्फेक्सन टनेल जडान
काँकरभिट्टा,

नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टामा बुधबार डिसइन्फेक्सन टनेल आज जडान गरिएको छ ।
मेची अभियानको संयोजनमा मेचीनगर—६ काँकरभिट्टाका आधा दर्जन सहकारी संस्थाले संयुक्तरुपमा लगानी गरेर टनेल इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई उपलब्ध गराएपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा जडान गरिएको हो ।
अभियानकातर्फबाट संयोजक विजय डालमियासहित सम्बन्धित संस्थाका अध्यक्षहरुले संयुक्तरुपमा टनेल इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेललाई हस्तानतरण गर्नुभएको थियो ।
मित्रराष्ट्र भारतका विभिन्न ठाउँमा कोरोना भाइरस कोभिड १९ को संक्रमण तथा मानिसको मृत्यु भइरहेका बखत भारतको पश्चिम बंगाल राज्यसँग स्मिा जोडिएको पूर्वीनाका काँकरभिट्टा डिसइन्फेक्सन टनेलको आवश्यकता महसुस गरी जडान गरिएको हो ।

कुल ४० हजार रुपैयँँमा निर्माण भएको टनेल निर्माणको लागत महेन्द्रद्वार सहकारी संस्था, आधुनिक बचत तथा ऋण सहकारी संस्था, मखमली महिला बचत तथा ऋण सहकारी संस्था, मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्था, नागरिक बचत तथा ऋण सहकारी संस्था र काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाले व्यहोर्ने बताइएको छ ।
मान्छे भित्र प्रवेश गर्दा खुट्टाबाट स्वीच अन गरेर प्रवेश गर्ने र मानिस टनेलबाट बाहिर निस्कदा आफैं बन्द हुने गरी टनेलको निर्माण गरिएको छ । टनेल भित्र रहेका ५ वटा नोजलबाट इ एम घोलसंग मिश्रण गरिएको पानीको फोहोराले मानिसको पुरै शरीरको बाहिरी भाग भिजाउने भएकाले शरीरको बाहिरी भागमा रहेको भाइरस नष्ट हुने प्राविधिक पक्षले जनाएको छ । टनेलमा प्रयोग गरिएको इ.एम झोलको घोलमार्फत पुरा शरीरलाई डिसइन्फेक्सन गराएर मात्र प्रहरी कार्यालय भित्र प्रवेश गर्ने ब्यवस्था गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।
