May 3, 2026

शिवसताक्षीमा ¥यापिड टेस्ट शुरु

0

झिलझिले ।

झापाको शिवसताक्षीमा कोरोनाभाइरसको र्यापिड टेस्ट शुरु गरिएको छ । नगरपालिकाको क्वारेटानबाट र्यापिड डायग्नोस्टिक
टेस्ट सुरु गरिएको शिवसताक्षी नगरपालिकाको सुचना शाखाले जनाएको छ ।

बिहीबार १५ जनाको र्यापिड ड्याग्नोसिस टेस्ट गरिएको र सबैको नतिजा निगेटिभ आएको शिवसताक्षी नगरका स्वास्थ्य संयोजक हरि बिमलीले बताएका छन् । उनले भने, ‘स्वास्थ्य कार्यलय झापा र शिवसताक्षी नगरका स्वास्थ्यकर्मीले संयुक्त गरेको र्यापिड टेष्टमा सवैको रिजल्ट कोरोना नेगेटिभ आएको छ ।’

शिवसताक्षी नगरको क्वारेन्टाइनमा ४ जना छन् । यस अघि क्वारेन्टाइनमा बसेर १४ दिनको अवधि गुजारेका ४ जनाको पनि र्यापिड ड्याग्नोसिस टेष्ट गरिएको थियो । यस्तै होम क्वारेन्टाइनमा बसेका थप १ जनाको पनि गरिएको स्वास्थ्य संयोजक विमलीले जानकारी दिएका छ । सवैको कोरोना नेगेटिभ आएपछि घर पठाइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । अव क्वारेन्टाइनमा ४ जना छन् । उनिहरु केहि दिन अघिमात्र क्वारेन्टाइनमा आएका थिए ।

क्वारेन्टाइनबाट घर पठाएका लाईपनि कम्तीमा २ हप्ता आफ्नै घरभित्र सेल्फ क्वारेन्टाइनमा बस्न नगरपालिकाले आग्रह गरेको छ । स्वास्थ्य कार्यलय झापाले शिवसताक्षी नगरलाई ४० थान किट पठाएको थियो । शिवसताक्षी नगरपालिका र स्थानीय प्रशासनको आग्रहमा होम क्वारेन्टाइनमा बसेकाको पनि नियमित र्यापिड डायग्नोस्टिक टेस्ट गरिने नगरको स्वास्थ्य साखाले जनाएको छ ।

मौषम अनुकुल भयो भने शुक्रबार विहानैदेखि घर–घर पुगेर हालै विदेशबाट आएका र होम क्वारेन्टाइनमा बसेकाको कोरोना परिक्षण हुने स्वास्थ्य संयोजक विमलीले बताएका छन् । कोरोनाभाइरस विरुद्धको लडाइँमा शिवसताक्षी नगरले उच्च सतर्कता अपनाएको छ । शिवसताक्षी नगर संग भारत–नेपाल को नाका नजोडिएपनि छिमेकी पालिका संगको सहकार्यमा आवतजावतमा कडाइ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *