सताक्षीधाम मन्दिरको भेटी पनि राहत कोषमा
झिलझिले ।

सताक्षीधाम मन्दिर विकास समितिले पनि शिवसताक्षी नगरको कोरोना राहत संकलन तथा व्यवस्थापन समितिको कोषमा नगद जम्मा गरेको छ ।
विपतका बेला स्थानीय सरकारलाई सहयोग पुग्ने हेतुले कोषमा रकम जम्मा गरिएको मन्दिर विकास समितिका सचिव उदयप्रकाश राईले बताएका छन् । सताक्षीधाम मन्दिर दर्शन गर्न आउनेले चढाएको भेटी संकलन गरेर कोषमा २५ हजार जम्मा गरिएको सचिव राईले पुर्वाञ्चललाई जानकारी दिएका छन् ।
मन्दिर विकास समितिले उक्त रकम शिवसताक्षी नगर स्तरीय कोरोना राहत संकलन व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्बर २ का अध्यक्ष कुलबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठलाई प्रदान गरेको हो । राहत रकम हस्तान्तरण कार्यक्रममा नगरका शिक्षा अधिकारी सुरेन्द्र दाहालको पनि सहभागिता थियो ।
सतासीधाम मन्दिर बिकास समितिका अध्यक्ष प्रसाद सुब्बा, सचिव राई, कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ र सह सचिव ज्ञानु लुइटेलको समेत सहभागिता थियो ।
