May 3, 2026

‘कांग्रेस सहयोगका लागि मुठी खोल्न तयार छ ’ नेता थेबे

0

झापा ।

झापा गाउँपालिकाको कोरोना राहत कोषमा नेपाली कांग्रेस गाँउ समितिले एक लाख ५१ हजार जम्मा गरेको छ ।

बुधबार झापा निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका संघीय सांसदका प्रत्यासी उमेदवार समेत रहेका महासमिति सदस्य देवकुमार थेवेको नेतृत्वमा गएको एक टोलीले गाउपालिकाका अध्यक्ष जयनारायण शाह र पालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलालाई रकम हस्तान्तरण गरेको हो । झापा गाँउपालिकाको कोरोना राहत कोषमा नेपाली कांग्रेसको यो रकम हाल सम्मको ठुलो हो ।

महासमिति सदस्य थेवेले विपतमा नेपाली कांगे्रस चुप लागेर नबस्ने बताए । उनले भने, ‘तीन तहकै सरकारलाई विपतका बेला नेपाली कांगे्रस हात बाँधेर बस्दैन । जस्तोसुकै सहयोगका लागि मुठी खोल्न तयार छ ।’

रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस झापा गाउँ कार्य समितिका सभापति मोतीलाल गणेश, क्षेत्रीय समितिका सचिव शिवकुमार कडेल,सन्तोष नेपाल,क्षेत्र नम्बर ४ की महिला सभापति अन्जु थपलिया,क्षेत्र नम्बर ४ का क्षेत्रीय सदस्यहरु सागिरथप्रसाद गणेश,अविदुल कान्छा,सुन्दरलाल गणेश,गाउँ कार्यसमितिका सह सभापतिहरु सखिचन ठाकुर,राजकुमार यादव र पालिकाका सबै वडाका वडा सभापतिको सहभागिता थियो ।

नेपाली कांग्रेस झापा गाँउ समितिले पहिलो चरणको रकम कोषमा जम्मा गरेको हो । मजदुर, विपन्न र असाहायको लकडाउनका कारण दैनिक जीवन कष्टकर बन्न थालेपछि नेपाली कांग्रेसले सहयोगको हात खोलेको नेपाली कांग्रेस क्षेत्रीय समितिका सचिव शिव कडेलले बताए । उनले भने, ‘पार्टीको यो अन्तिम सहयोग होइन ।

झापा गाँउपालिकामा मात्र होइन जिल्लामै सर्वसाधरण खान नपाएर भोकै बस्नु पर्ने अवस्था आयो भने नेपाली कांग्रेस थप सहयोगका लागि तयार छ ।’

गाँउपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण राहत तथा उपचार कोषमा नेपाली कांग्रेसको सहयोग अतुलनिय रहेको गाँउपालिकाका अध्यक्ष जयनारायण साहले बताए । कोरोना महामारी थेग्न सबै राजनीतिक दलको सहयोग र सद्धभाव भयो भने जोखिमबाट बच्न सकिने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *