May 14, 2026

सबै सहयोगीहरुलाई एकद्धार प्रणालीबाट आउन आग्रह

0

 

विमल दहाल,

माई
बिश्वब्यापी महममारीका रुपमा फैलिएको कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि माई नगरपालिकाले सबैमा सहयोगका लागि अपिल गरेको छ ।


माई नगरपालिकाका मेयर दिपक कुमार थेबेद्धारा हस्ताक्षरित अपिलमा यस जटिल संकटको घडीमा नागरिकहरुको न्यनतम आबश्यक्ता पुरा गर्न स्थानीय सरकार प्रतिबद्ध एवम कटिबद्ध रुपमा निरन्तर लागि रहेको उल्लेख गरिएको छ । अपिलमा यस संकटको घडीमा बिपत जोखिम हटाउन तथा अत्याबश्यक पक्षलाई थप ब्यबस्थापन गर्न सबै सरोकारवालहरुमा एकद्धार प्रणलीबाट सहयोग गर्न अनुरोध गरिएको छ । बिपतको समयमा माई नगरपालिकालाई सहयोग गर्न चाहाने इच्छुक ब्याक्ति, संघ–संस्था, उद्योगी, ब्यापारी एवम् सरोकारवाल सबैलाई कार्यपालिकाको निर्णय बमोजिम माई नगरपालिका प्रकोप ब्यवस्थापन कोष नामको खाता रहेको सानिमा बैक माई शाखा अन्र्तगत खाता नम्बर ०५२०१००२०००००११ मा नगद जम्मा गर्न तथा एकद्धार प्रणालीबाट जिन्सी सहयोग गर्न सकिने अनुरोध गरिएको छ ।
अपिलमा यस जटिल समयमा पनि अहोरात्र सहयोग गर्ने नागरिक, जनप्रतिनिधि, राजनैतिक दल, संघ–संस्था, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवम् कर्मचारी प्रति स्थानीय सरकार हार्दिक आभार प्रकट गर्दछ, मेयर दिपक कुमार थेबे द्धारा हस्ताक्षरित अपिलमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *