May 14, 2026

माईका संस्थागत बिद्यालयहरुबाट ६३ हजार बिपत राहात कोषमा जम्मा

0

 

विमल दहाल,
माई
माई नगरपालिका अन्र्तगतका एघार बटा संस्थागत बिद्यालयहरुले माई नगरपालिकाको बिपत ब्यबस्थापन राहात कोषमा ६३ हजार रुपैया जम्मा गरेका छन ।
बुधबार सम्पन्न संस्थागत बिद्यालय समितिको बैठकले यस लकडाउनको समयमा बिपन्नहरुको घरमा दैनिक गुजरामा समस्या भएकाले सहायता प्रदान गर्ने निर्णय गरेको बताईएको छ ।

नगरले आब्हान गरेको राहात बितरणमा एकद्धार प्रणलीको नीतिलाई आत्मासात गरी माई नगरपालिकाको बिपत ब्यबस्थापन राहात कोषमा रकम जम्मा गरिएको समितिका सदस्य इश्बर राईले जनाकारी दिनुभयो । माई नगरपालिकाको बिपत ब्यबस्थापन कोष सानिमा बैक लिमिटेड माई शाखाको खाता नम्बर ०५२०१००२०००००११ मा रकम जम्मा गर्ने संस्थागत बिद्यालयहरुमा न्यु लाईट अग्रेजी बोडिङ स्कुल माई–२ बाट नगद ७ हजार, नेपाल एकाडेमी माई–४ बाट नगद ७ हजार, सोयाक मोडल एकाडेमी माई–४ बाट नगद ७ हजार, साईनिङ स्टार माबि माई–८ बाट नगद ७ हजार, हिम शिखर बोडिङ स्कुल माई–५ बाट नगद ५ हजार, फ्युचर स्टेप एकाडेमी माई–५ बाट नगद ५ हजार, माईभ्याली बोडिङ स्कुल माई–९ बाट नगद ५ हजार, मेची इङ्गलिस बोडिङ स्कुल माई–६ बाट नगद ५ हजार, भक्त कार्की स्मृर्ति शिक्षा सदन माई–७ बाट नगद ५ हजार, प्रकाशमणि इङ्गलिस बोडिङ स्कुल माई–५ बाट नगद ५ हजार र बाल शिक्षा शैक्षिक गुठि माई–१० बाट नगद ५ हजार गरी जम्मा ६३ हजार रुपैया जम्मा गरेको संस्थागत बिद्यालय समिति माईका अध्यक्ष तोयानाथ धिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *