May 6, 2026

राहत खातामा धमाधम रकम जम्मा हुदैं

0

काँकरभिट्टा,

मेचीनगर नगपालिका प्रकोप व्यवस्थापनको खातामा विहीबार आधादर्जन बढी संघ संस्थाहरुले राहत रकम र सामाग्री जम्मा गरेका छन् ।

नगरपालिकाको कोरोना भइरस संक्रमण रोकथाम र राहत तथा उद्घार कार्य सञ्चालन कार्यविधि, २०७६ बमोजिम राहत वापत नगख सहयोग गर्ने एच्छुक संघ संस्था तथा व्यक्तिहरुले मेचीनगर नगरपालिकाको नाममा रहेको नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखा प्रकोप व्यवस्थापन कोष खाता ग —४ खाता नम्बर १०६०३००००००००५००४००३ मा रकम जम्मा गर्न नगरपालिकाले आग्रह गरेको थियो ।

सोहि अनुसार विपद् जोखिम न्युनिकरण तथा व्यवस्था ऐन , २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित मेचीनगर विपद् व्यवस्थापन समितिमा धमाधम रकम जम्मा गर्ने दैनिक क्रम बढेको हो ।

विहीबारमात्रै मेघासिटी इन्टरटेन्टमेन्ट प्रालि मेचीनगर—८ ले नगद एकलाख एकहजार एकसय रुपैयाँ जम्मा गरी भौचर नगरपालिकालाई हस्तानतरण गरेको छ । यसैगरी, झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था, श्रीकृष्ण प्रणमी मन्दिरसहित प्रणामी युवा परिषदले क्रमस ५१÷५१ हजार रुपैयाँ नेपाल बैंकमा जम्मा गरी भौचर हस्तानतरण गरेका छन् ।

हाम्रो नेपाल साकोसका अध्यक्ष भवानीप्रसाद दंगाल, उपाध्यक्ष पृथ्वी भुजेल, सचिव विशेश्वरप्रसाद लामिछाने, लेखा समिति संयोजक कृष्णराज कटवाल, विभागिय प्रमुख सरोज दाहाल, बुद्धशान्ति सेवाकेन्द्र प्रमुख गोपाल मिश्रलगायतको पदाधिकारीहरुले चेक हस्तानतरण गर्नुभएको थियो ।

यसैगरी झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको सतासी बहुमुखी सहकारी संस्था लि ले ५० हजार रुपैयाँ जम्मा गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो सेवाकेन्द्र रहेका जिल्लाभरिका ५ वटा स्थानीय तहलाई जनही ५० हजार रुपैयाँका दरले २ लाख ५० हजार प्रदान गर्ने निर्णय अनुसार मेचीनगर नगरपालिकामा ५० हजार रुपैयाँ प्रदान गरेको संस्थाका सञ्चालक सदस्य ध्रुव कनालले जानकारी दिनुभयो ।

कनालसहित लेखा संयोजक दिनेश शाक्य र धुलावारी सेवाकेन्द्र प्रवन्धक अनुप मेचेलगायतको टोलीले रकम हस्तान्तरण गरेको हो । नोवल कोरोना भाइरस कोभिड १९ बाट बच्न गरिएको लकडाउनमा विपन्नले खाद्यान्नको अभावमा भोकभोकै बस्न नपरोस् भन्ने ध्येयले विभिन्न संघ संस्थाहरुले समितिमा रकम जम्मा गर्न थालेका हुन् ।

राहत रकमसहित सामाग्री नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा ग्रहण गर्नुभएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो । कोरोना भाइरस सक्रमण रोकथाम र राहत तथा उद्घार कार्य सञ्चालन समितिका सचिव अनन्तप्रकाश वस्तीका अनुसार मखमली महिला साकोस र कर्मचारी मेचीनगर —६ ले १७ हजार ५ सय मारवाडी सेवा समितिले १ हजार एकसय केजी चामल प्रदान गरेको सचिव वस्तीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *