महान्यायाधिवक्ता कार्यालयबाट कोरोना कोषमा सात लाख सहयोग
झापा,
महान्यायाधिवक्ताको कार्यालयले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु सात लाखभन्दा बढी रकम सहयोग प्रदान गरेको छ ।
महान्यायाधिवक्ता कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले स्थापना गरेको उक्त कोषमा सहयोगस्वरुप महान्यायाधिवक्तालगायत उक्त कार्यालयमा कार्यरक्त कर्मचारीले रु सात लाख १५ हजार ४५५ प्रदान गरेको जनाइएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एक महिनाको तलब बराबरको रकम रु ६८ हजार ७४१ कोषमा सहयोग गर्नुभएको छ ।
त्यस्तै राजपत्राङ्कित विशिष्ट तथा प्रथम श्रेणीका कर्मचारीबाट सात दिनको तलब बराबरको रकम, राजपत्राङ्कित द्वितीय तथा तृतीय श्रेणीका कर्मचारीबाट पाँच दिन बराबरको तलब र राजपत्राङ्कित तथा श्रेणीविहीन कर्मचारीबाट तीन दिन बराबरको तलब कोषमा सहयोग गरिएको हो ।
