May 4, 2026

लुटपाटमा संग्लग्न ७ जना पक्राउ

0

भोजपुर।

भोजपुरको आमचोक गाउँपालिका–९ रुक्सेमा खाद्यान्न बोकेको ट्याक्टरलाई रोकेर नगद लुटपाट गरेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।

सोमवार राती पौने ९ बजेको समयमा भोजपुरको रानीटारबाट खाद्यान्न बोकेर बालंखा तर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरलाई रोकेर ट्याक्टर चालकको साथमा रहेको नगद २१ हजार पाँच सय रुपैंया लुटपाट गर्ने आमचोक गाउँपालिका–८ का ३२ बर्षीय लोक बहादुर खत्री, १७ बर्षीय प्रमोद खत्री, १९ बर्षीय पदम श्रेष्ठ, १७ बर्षीय मनिष श्रेष्ठ, १६ बर्षीय निशान तामाङ, ३० बर्षीय ठकुन तामाङ र १८ बर्षीय देवराज तामाङलाई प्रहरीले नै पक्राउ गरेको हो ।

पक्राउ परेका ७ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *