July 11, 2026

मध्य चैतमा जाडो बढ्यो भन्दै सोल्टिनी खोज्दैछन् इन्जिनियर श्रेष्ठ

0

झापा, इन्जिनियर विरेन्द्र श्रेष्ठले मध्य चैतमा जाडो बढ्यो भन्दै सोल्टिनी खोजेको रहस्य खुलेको छ ।
ठाटिएर दुई युवासहित ताप्लेजुङको फुङिलङ बजार कहाँ पर्छ भन्दै हिडेका श्रेष्ठले सडक किनारमा हेकी एक किशोरीलाई फूलले हान्दै जिस्काएपछि सोल्टिनी खोजेका हुन् । बिश्वभरि कोरोना भाइरस कोभिड १९ ले महामारीको रुप लिइरहेका बेला इन्जिनियर श्रेष्ठ भने तरुनीलाई जिस्क्याउँदै होटल– होटल जिम्वा तान्दै सोल्टिनीको खोजीमा रहेको दृष्य देख्न सकिन्छ ।


गायत समेत रहेका इन्जिनियर श्रेष्ठले आफ्नो वास्तविक जीवनमा भने त्यसो गरेका होइनन् । उनले मनोरञ्जन प्रदान गर्ने उद्दश्यले नयाँ म्युजिक भिडियो सार्बजनिक गरेका छन् । जुन भिडियोमा मात्रै त्यस्तो दृष्य देख्न सकिन्छ । ओएस अवार्ड बिजेता गायक तथा ईन्जिनियर श्रेष्ठले सार्वजनिक गरेको पछिल्लो म्युजिम भिडियोमा गरेको अभिनयले सबैको मन छोन सफल भएको छ ।


उनको आफ्नै आवाजमा रहेको गीत महेश ज्ञावलीको शब्द र संगीत रहेको छ । उनको भ्युजिक भिडियो ‘जिम्बू झानेर ’ आईतबार सार्बजनिक भएको छ । म्युजिक भिडियोमा मिस तामाङ २०१६ दृप्ति तामाङ र गायक तथा ईन्जिनियर श्रेष्ठलाई मुख्य भूमिकामा देख्न सकिन्छ । ताप्लेजुङ र पाँचथरलाई विशेषतः आफ्नो जन्म अनि कर्मथलो बनाएका गायक इन्जिनियर श्रेष्ठको म्यूजिक भिडियोमा धार्मिक रुपमै प्रख्यात देबस्थल जोरपोखरी, कालापानी, गोपेटार, काबेली, फुङ्लिङ बजार, सुकेटार आदि ताप्लेजुङ र पाँचथराका विभिन्न मनोरम दृश्यलाई समेटिएको छ ।

३ बर्ष अगाडि सुटिङ भएको भिडियो विभिन्न कारणले रिलिज हुन रोकिए पनि यो कोरोनाले विश्व नै त्रासादी बनाईरहेको अवस्थामा अलिकति भएपनि मनोरन्जन हुने हेतुले भिडियो प्रदर्शन गरेको बताउनु हुन्छ श्रेष्ठ । साथै उहाँले यो गीतको चाँडै लिरिकल भिडियो पनि आउने बताउँदै आफूलाई अडियो निर्माणमा सहयोग गर्नु भएकोमा गायक प्राराज पौडेल र सरिता लिङ्देनलाई कृतज्ञता प्रकट गरेका छन् ।

कोशी भिजन प्रा लि इटहरीका सुमन तामाङको निर्देशन रहेको म्युजिक भिडियोमा किरन तुलाधरको एरेन्ज, नेप्स्टार सन्देशले द्रोण सञ्चालन गरेका छन् । निरज ठाकुरले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई क्यामेरा देबराज सिग्देलले खिच्नुभएको हो भने हेमन योन्जनले भिडियो एडिट गरेका छन् ।

भिडियोमा हर्कराज गुरुङ, निरज ठाकुर, पेम्बा शेर्पा, रुपराज तिमल्सिना, राम राई, लक्ष्मण भट्टराई, सुमन श्रेष्ठ, बिकेन्द्र श्रेष्ठ,टीका नेपाल, टीका श्रेष्ठ, गङ्गा गुरुङ, सन्तलाल घिसिङ् सुमिना लावती, डिल्ली खत्री न्यौपानेहरुलाई समेत भूमिकामा देख्न सकिन्छ।

कोरोनाले निम्त्याएको विषम परिस्थितिमा आफू पनि आवश्यक सचेतना अपनाएर घर मै बसिरहेको र अरुलाई सचेत भएर घरमै बस्न आग्रह गर्दै बिलकुल नयाँ गित भएको ले सुन्न र मनोरञ्जन लिन आग्रह गर्छन गायक श्रेष्ठ । यो गीतको अडियोमा सामान्य समस्या भएपनि भिडियो ३ बर्ष अगाबै बनिसकेको र अडियोको ब्याकपसमेत नरहेकोले जे जस्तो अवस्थामा छ त्येसैलाई रिलिज गरेको गायक श्रेष्ठको भनाई छ ।

लोक पप जनरामा आफ्नो गायन क्षेत्रलाई कायम राखी दर्शक श्रोता माझ लोकप्रिय रहेका गायक बीरेन्द्र्का यसअघि घर हाम्रो लेकैमा, पिरिमको बाढी, आउन माया, पिरती नाप्ने के ले हो रु जस्ता लोकप्रिय गीत नेपाली साङ्गीतिक बजारमा आइसकेका छन् । छोटो समयमा चर्चा वटुलेका गायत श्रेष्ठ सफल इन्जिनियरका रुपमा परिचित छन् ।

पूरा भिडियो यहाँ हेर्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *