खोटाङमा सवारी पासको दुरुपयोग
खोटाङ ।
जिल्लामा एउटा प्रयोजनका लागि सवारी साधनको अनुमति लिएर अर्कै काममा प्रयोग गरेको पाइएको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेसँगै जिल्ला प्रशासन कार्यालय खोटाङबाट अत्यावश्यक सामान ढुवानीका लागि भनेर अनुमति लिएका टिपर, ट्रक र ट्रयाक्टरमा यात्रु तथा निर्माण सामग्री ओसारपसार गरेको पाइएको हो ।
निर्माण व्यवसायीले मङ्गलबार मात्रै ना६प ६०५३ नंको ट्र्याक्टरमार्फत १५ कामदारलाई घर पठाएका छन् । यात्रुवाहक सवारी नपाएको भन्दै निवेदनसहित अनुरोध गर्न आएपछि मानवीय हिसाबले एउटा ट्र्याक्टरलाई मात्र यात्रु बोक्ने प्रयोजनका लागि अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले बताउनुभयो ।
सरकारले लकडाउन घोषणा गरेलगत्तै चैत ७ गतेदेखि हालसम्म प्रशासन कार्यालयबाट साना तथा ठूला गरी १२१ सवारीधनीले अनुमति लिएका छन् । प्रशासनबाट सवारी अनुमति लिनेमा अधिकांश मोटरसाइकल चाकल छन् ।
